//चोलेन्द्रको शिरमा तरबार

चोलेन्द्रको शिरमा तरबार

काठमाडौँ । महाभ्रष्टको रूपमा परिचय बनाएका चोलेन्द्रसमशेर जबरा प्रधानन्यायाधीश भए । यिनैलाई सर्वोच्चमा ल्याउने काँग्रेसका सैद्धान्तिक नेता नरहरि आचार्य र प्रधानन्यायाधीश दामोदर शर्मा हुन् । न्यायिक भ्रष्टाचार र राजनीतिक भ्रष्टाचार भिन्न होइन । नेता भ्रष्ट भएकै कारण अदालतमा भ्रष्टको सञ्जाल बढेको हो । यो देशमा नैतिक आचरणको कुरा देखावटी भयो । कानुनी क्षेत्रमा जस्तो लुटाहाको राज अन्यत्र छैन । सेना र मन्त्रालयको भ्रष्टाचार कम गर्न संसद्मा महाअभियोग लगाउने बाहेक अर्को विकल्प छैन । नेता भ्रष्ट, सचिवहरू भ्रष्ट, मन्त्रीहरूको कुरै नगरौँ । सेना, प्रहरी र सशस्त्र सबै भ्रष्ट भएका देशमा सर्वोच्च अदालतमा जबर्जस्त महाभ्रष्टलाई प्रधानन्यायाधीश बनाउनुपर्ने बाध्यता भयो । हिजो काँग्रेसी दादागिरीका अगाडि चोलेन्द्रको विरोध नेकपाका नेताहरूले अहिलेका सांसदको तागत यसै पटक छर्लङ्ग भएको छ । कानुन अपाङ्ग बनाउने र आफ्ना मान्छे जस्तासुकै भए पनि सर्वोच्चदेखि पुनरावेदन र विशेष अदालतसम्म प्रवेश गराएर राष्ट्र लुट्नेलाई प्रोत्साहन दिलाउने त्यो काँग्रेस चोलेन्द्रसमशेर, गोपाल पराजुली, दीपकराज जोशीको कबज बन्दा यिनको इजलासले यो राष्ट्रलाई कति राजस्व घाटा पु¥यायो, चासो राख्दैन । कथित प्रजातन्त्र र समाजवाद काँग्रेसी संस्थापकहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजा कोइरालाको पेवा थियो । यति बेला भने रामचन्द्र र शेरबहादुरलाई गिज्याएको छ । गणतन्त्र, सङ्घीयता जस्ता मूल मुद्दा देशको परिवर्तनसँग जोडिएका हुन् । न्यायालयको शुद्धीकरण गर्न बाँकी छ । न्यायाधीश बनाइएकाहरू गलत फैसला गरेर कसरी कमाउँदा रहेछन् भन्ने कुरा दीपकराज जोशी, गोपाल पराजुली र चोलेन्द्रका विगतका फैसलाले देखाएकै हुन् । कम्युनिस्ट पार्टीले नैतिक रूपमा भोगेको अहिलेको बाध्यता दीपक कार्कीको अवधि नपुगेसम्म लागि हुन सक्छ । किनकि इच्छाले चोलेन्द्र सर्वोच्चको प्रधानन्यायाधीश बनाइएका होइनन् । दरबारिया तत्वले र काँग्रेसका ठुटाहरूले यो बुझ्नुपर्छ । अदालतको बद्मासीले कसैको हित हुँदैन । आफैँ सुरेन्द्रबहादुर सिंहको शैक्षिक योग्यतामाथि शङ्का उब्जाएर न्यायिक क्षेत्रमा प्रवेश गरेका यी चोलेन्द्रसमशेरले शाहीकालको हतियार देखाएर कतिसम्म लुटेका हुन् । उनका भाइ प्रभुसमशेरको करामतलाई जनताले देखेको छ । अदालतलाई स्वच्छ बनाउन न्यायिक क्षेत्रको चरित्र सुधार्नुपर्छ । बिग्रिएको चरित्र सुधार्न प्रधानन्यायाधीश राणाको योगदान कस्तो होला ? कम्युनिस्टहरूले कुरामा चर्का भाषण गर्छन्, व्यवहारमा यिनले चोलेन्द्रलाई जितेका छन् । राष्ट्रलाई घाटा पुग्ने एनसेल प्रकरणमा बहस गर्ने वकिलहरू शम्भु थापा, तुलसी भट्टराई, हरि दाहाल, बद्रीबहादुर कार्कीका बारेमा आलोचना बढी भएका छन् । नेकपाको नेतृत्वले सकेको भए युरोपेली युनियनको पैसाले माओवादीको विरुद्ध अभियान चलाउने एड्भोकेसी फोरम, इन्सेक जस्ता डलरको खेती गर्नेलाई अदालत सुम्पेको अवस्था हुने थियो । हिजो दरबारको सेवक बनेको अदालती प्रक्रिया अब काँग्रेस र नेकपाको रक्षक बन्छ कि बन्दैन ? सर्वोच्चमा दीपक कार्की पछाडिका प्रधानन्यायाधीश हुनेहरूको आचरण, व्यवहार र शैलीप्रति प्रेसले अब खबरदारी गर्न सहज हुनेछ । जसले न्यायिक क्षेत्रको बद्नाम ग¥यो, त्यसैलाई संसदीय सुनुवाइ समितिले बाध्यतावश प्रधानन्यायाधीश बनाउन बाध्य भएको छ । अब नेपालको इतिहासले अदालती प्रक्रिया कस्तो महसुस गर्ला, न्यायिक क्षेत्रमा कौतूहलता बढ्दैछ । चोलेन्द्र श्रीमान्को शिरमा तरबार झुन्डिएको छ । किनकि उनका विगतका फैसलाले न्यायिक क्षेत्रलाई बद्नाम बनाएको छ । उनले अदालती काम सुधार्ने बताइरहेका छन् । नियुक्ति हुँदैमा शिरमा तरबार झुन्ड्याएर कार्यक्षेत्रमा प्रवेश गरेका चोलेन्द्र श्रीमान्का बिचौलियाको रेकी गर्नु अब नौलो हुने छैन । चोेलेन्द्रको कार्यशैली मुद्दा फैसला जस्ता कुरा ललितपुर अदालतको अनुगमनले देखायो कि त्यो नाटक मात्र हो, अब नेपाल ट्रष्टको नामको सम्पत्ति पूर्वराजा ज्ञानेन्द्रकी पुत्रीको दाइजोमै जान्छ वा ट्रष्टमा फर्कन्छ, त्यसमा भर पर्छ ।