//‘लालुमै’लाई दर्शकको साथ

‘लालुमै’लाई दर्शकको साथ

केही साताअघि सार्वजनिक गरिएको ‘लालुमै’ बोलको गीतले अत्यधिक दर्शकको साथ पाउन सफल भएको छ । विष्णु माझी र सन्दीप न्यौपानेले गाएको यो गीतमा शिव हमालको शब्द तथा सङ्गीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशीष अविरलले गरेका हुन् ।  युट्युबमा हालसम्म ४० लाख दर्शकहरू पाइसकेको यो गीत टिकटकमा समेत उत्तिकै लोकप्रिय बन्दै गएको छ । गीतलाई  टिकटकमा पच्चीस हजारभन्दा धेरै व्यक्तिले भिडियो बनाइसकेका छन् । सानो बजारमा छोटो समयमै गीतले यति धेरै दर्शक पाउँदा गीतको निर्माण पक्ष आफूलाई हौसला मिलेको बताउँछ । लोक शैलीको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा गायक न्यौपाने र मोडल सृष्टि  खड्का फिचार्ड छन् । भिडियोमामा राजेश घिमिरेको छायाङ्कन, पुष्पा बर्माको ड्रेस, सृष्टि  थापा मगर र रोशन भुसालको मेकअप र विष्णु शर्माको सम्पादन समावेश रहेको छ ।