//कहिले सुध्रिन्छ विमानस्थल ?

कहिले सुध्रिन्छ विमानस्थल ?

काठमाडौँ । एयरपोर्टमा विमान ल्यान्डिङ प्राधिकरणको सम्पत्तिमा ठगहरू मौलाउँदै गरी उडा न थन्क्याएबापत नागरिक उड्डययन प्राधिकरले निजी क्षेत्रका विमान कम्पनीबाट कसरी शुल्क उठाउँला ? प्रधानमन्त्रीलाई भारत र चीन उडाउने हिमालय एयरकै रू. १६ करोड ५० लाख ३९ हजार ४८८ तिर्नु छ । यो कम्पनीको जहाजले अन्तर्राष्ट्रिय उडान स्वीकृत पाए पनि उडान भर्ने गरेको छैन । तारा, यती र हिमालय एयर स्व. आङ छिरिङ सेर्पाका हुन् । उनले भ्रष्ट नेता र प्रशासकहरूको पैसा चलाएको चर्चा थियो । राजस्व छल्न अदालत धाउने ठगहरू पनि छन् ।
नेपालको जहाज कम्पनीलाई जहाज बेच्ने फ्रान्सेली कम्पनीहरू अहिले आलोचित छन् । ईयूले नेपालका जहाजलाई फ्रान्स, बेलायत लगायत देशमा उडान भर्न नदिएको धेरै भयो । जहाज बेच्ने तर काम नदिने ईयूको षड्यन्त्रको सर्वत्र विरोध भइरहँदा प्रधानमन्त्री केपी ओली, सञ्चारमन्त्री गोकुल बास्कोटा मात्र होइनन्, पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले समेत अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुँदा यो विषय उठाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टको भौतिक पूर्वाधार सुधारको काम भइरहँदा र उडान तालिका समय बढ्दा ठूलै प्रगति भएको देखिएको छ । सरकारकै कम्पनी वायु सेवा निगमले समेत विभानस्थलको जिम्मा लिएको नागरिक उड्डययन प्राधिकरणमा समयअनुसार सुधारभन्दा महानिर्देशक बन्न दौडधूप हुने गर्दछ । २ अर्ब बक्यौता उठाउने जिम्मा पाएको एयरपोर्टको नेतृत्वले रकम उठ्ने भनेको छ । वरिष्ठतालाई पन्छाएर घूस लिएर महानिर्देशक बनाउने गलत संस्कार चलेको अवस्था अहिले छ । उडान बन्द गरेको एयर एसियाले रू. २० करोड ४७ लाख २९ हजारतिरको छैन । त्यो मलेसियन कम्पनी हो । नेपालको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्ने ५५ कम्पनी र आन्तरिक उडान गर्ने १८ कम्पनी छन् । यीमध्ये केही बन्द भएका छन् । यती एयर समूहले वायु सेवा निगमलाई तीनवटा ट्विनअटर भाडामा लिएर खाइदिएको हो । त्यस्तो कम्पनीको विमान चढेर चीन र भारत जाने प्रधानमन्त्रीले आफू चढेको विमानको हालखबर बुझ्न जरुरी ठान्दैनन् । किनकि प्रम ओलीको राष्ट्रिय स्वाभिमान हिमालयन एयरमा गएर ठोक्किएको छ । प्राधिकरणमा राजन पोखरेल निमित्त छन् । उनीभन्दा देवानन्द उपाध्याय वरिष्ठ छन् । वरिष्ठलाई लत्याएर मोजमस्ती गर्ने जनवाद वर्तमान सरकारले चलाएको छ । नागरिक उड्डयन प्राधिकरण जस्तो संस्थालाई पोखरा, लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट पनि जिम्मामा लाउँदै छन् । एयरपोर्टहरू धमाधम बन्दै छन् । आफ्नै रकम उठाउन नसक्ने प्राधिकरणको आन्तरिक सुधारका योजना बनाउँदा–बनाउादै स्व. रवीन्द्र अधिकारी वाइड बडी खरिद प्रकरणमा मुछिए । उनले अन्तिम भुक्तानी दिएका हुन् । पैसा राख्ने आरजु राणा र विनय खनालको टोली हो । सरकारी सम्पत्ति लुट्ने आफू अनि बन्ने प्रतिस्पर्धा नेपालका नेताहरूको कर्तव्य बनेको छ । स्व. अधिकारीको पहलमा धनगढी, नेपालगन्ज, विराटनगर, पोखरा जस्ता एयरपोर्टको सुधार भएको थियो । कतिपय एयरपोर्टमा रात्रि उडान सुरु गरेका छन् । आफ्नै सम्पत्ति समयमा असुल्न नसक्ने नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले ईयूले नेपालको हवाई उड्डयन क्षेत्रमा देखाएको दादागिरीलाई हटाउन के–कति पहल ग¥यो ? शङ्का उब्जेको छ । महाप्रबन्धक राजकुमार क्षेत्री भाडा उठाउन कठोर भएको बताउँछन् । कमिसन र घूस लिएर निजी विमान कम्पनीहरूलाई अन्तर्राष्ट्रिय उडान स्वीकृति दिन हतारिने नागरिक उड्डयन प्राधिकरणले वायु सेवा निगमका ठूला दुई जहाजलाई उडान स्वीकृति दिन ढिलाइ गर्नुको कारण के थियो ? प्रश्न छँदैछ । विमानस्थल सटर कब्जा गरेर भाडा नतिर्ने बहादुरहरू पनि छन् । उनीहरू मन्त्रीदेखि महानिर्देशकसम्मलाई पहुँचमा राख्छन् । डिउटी फ्रि रक्सी बेच्नेहरू पहुँचवाला नै छन् । युनिभर्सल सप्लाई एजेन्सीले रू. ८ करोड ७२ लाख तिरेको छैन । महादर्ता गर्ने अदालतमा खर्च गर्ने भाडा नतिर्ने स्वाँठहरूलाई कारबाही किन हुँदैन ? जबकि ग्रीनलाइन इन्टरनेसनलले २०६५ देखि सम्झौदा सकिए पनि सटर कब्जा गरेकै छ । १ करोड ७८ लाख ग्रीनलाइनले तिरेको छैन । अहिले विमानस्थल कार्यालयले सटर कब्जा गर्न थालेको छ । प्रिपेट ट्याक्सी सञ्चालन गर्ने कृष्ण ट्रान्सपोर्ट १ करोड ४६ लाख प्रेम इन्टरनेसनलले १ करोड ८० लाख बुझाउनु छ ।