//विवादमुक्त भएन चोेलेन्द्रको छनोट

विवादमुक्त भएन चोेलेन्द्रको छनोट

काठमाडौँ । वकालती पेसाभन्दा आफ्नो स्वार्थमा जालझेल गर्दै न्यायिक सेवामा प्रवेश गरेका श्रीमान् चोलेन्द्रले अदालतमा हुने बिचौलियामाथि प्रहार गर्न सकेनन् । सुरुवातका केही समय चोलेन्द्रको कामले राम्रै स्थान पाए । केही विवादित श्रीमान्हरू न्यायपरिषद्मा तानिए । राजधानीकै जिल्ला अदालत र उच्च अदालतहरू बिचौलियाको कब्जामा परेको कुरा न्यायाधीशहरूको भेलामा पनि छर्लङ्ग भयो । सर्वोच्चमा ५ न्यायाधीशको छनोट सिफारिस पनि अत्यन्त विवादित र नालायकहरू परेछन् । सर्वोच्च अदालतमा दलगत हैकम छ । नेपालको अस्थिर राजनीतिबाट फाइदा लिएका डलरकान्तहरू सर्वोच्चमा मात्र होइन, महान्यायाधिवक्ता छन्, मानवअधिकार आयोगमा छन् । अख्तियारका आयुक्तकै ७८ लाख घूस काण्डमा छानबिन हुँदैछ । अदालत निष्पक्ष छैन । पीडितलाई पीडा नै थप्ने गरी न्यायिक फैसला हुँदा बिचौलियाको पैसाले काम गरेको काठमाडौँ जिल्ला अदालतका न्यायाधीशहरू ऋषिराम आचार्य, मुकेश उपाध्यायको भनाइले झल्काउँथ्यो । उच्च अदालतमा सिफारिस भएका राजेश काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, मोहम्मद जुनेद, नागेन्द्रलाल कर्ण विवादमा परेका छन् । सर्वोच्चमा घुस्याहा न्यायाधीश दामोदर शर्माको समयमा धेरै थिए । उनकै भतिजा अहिले विवादमा छन् । परमानन्द झा सर्वोच्चको न्यायाधीश रहँदा चरेश काण्डका अपराधीसँग घूस खाएर छोडियो । तिनैलाई एमाले, नेकाँ र फोरमले उपराष्ट्रपति बनाए । अपराधीलाई संरक्षण गर्ने राजनीति नै नेपालको बद्नाम गर्ने साधन बनेको छ । जबसम्म राजनीति शुद्ध हुँदैन, तबसम्म न्यायालयमा सुधार आउँदैन । श्रीमान् चालेन्द्रले कमाइसकेका छन् । उनी अहिले शुद्ध हुन्छु भन्दा सफल हुन सकिरहेका छैनन् । उनले गरेका फैसला केही ठीक छन् तर फन्दामा पर्न छाडेका छैनन् ।