Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आर्थिक अनियमिततामा नेपाल प्रहरीका दुई एसपी निलम्बित

काठमाडौं । नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी) निलम्बनमा परेका छन् । यसरी निलम्बनमा पर्नेमा एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादव रहेका छन् । निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाइएको छ ।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुखेर्तमा रहँदा उनीहरुले प्रहरी आचरण विपरित आर्थिक अनियमितता गरेको छानविन रिपोर्टका आधारमा गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ ।स्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए । गृह मन्त्रालयले केही दिनअघि मात्र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीका डिएसपी भरत चौधरीलाई निलम्बन गरेको थियो । चेन अफ कमाण्डलाई जानकारी नगराइकन ड्युटी छाडेको आरोपमा मन्त्रालयले उनलाई निलम्बन गरेको हो । अहिले मालाखोतीमा डिएसपी प्रेम बहादुर शाहीलाई खटाइएको छ ।