Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले साउन १८ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने सोमबार अन्तिम दिन हो ।
कम्पनीले निष्काशन खुला गरेको १९ लाख ५३ हजार २ सय ७९ कित्ता आईपीओका लागि सोमबार कार्यालय समयभित्र लगानीकर्ताहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख ९५ हजार ३ सय १८ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ता पाउने कम्पनीले जानकारी दिएको छ।
आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकाहरुको लागि कम्पनीले आईपीओ बिक्री गरिसकेको छ ।
३९ हजार ७ सय ६५ कित्ता कर्मचारीहरुका लागि र ९९ हजार ४ सय १२ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
कम्पनीले दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ । आयोजनाको कूल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपियाँ छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल