Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग हुन नदिने आश्वासन दिलाएका छन्।
अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थ मन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार, अनियमिता, घोटला, राज्य कोष जथाभावी बाड्ने र व्यक्ति पोसित काम मबाट हुँदैन र हुन दिइँदैन। म यस्तो काम गर्दैगर्दिन। हामी कोही पनि गर्दैनौं भन्ने विश्वास म सबैलाई दिलाउन चाहन्छौं।
‘व्यक्ति र राजनीतिक दलभन्दा माथि उठेर देश र जनताका लागि म काम गर्छु उनले भने, मेरो र सरकारको लक्ष्य त्यो हुँदै होइन। ढुकुटी समाप्त पार्न, रकम कुम्ल्याउन थाल्यो कि भन्ने आशंका लागेको छ भने म स्पष्ट रुपमा भन्छु, त्यस्ता आशंका छ भने तपाईंहरुले दिमागबाट निकाल्दिनुस्, उनले भने, अयोग्य लडाकूहरुको विषय धेरै अगाडिदेखि अदालतमा पुगेको हो, त्यसबाट पनि निर्णय भएर आएको छ। यसभन्दा अगाडिको बजेटमा पनि त्यो व्यवस्था गरिएको छ। म त्यसबेला अर्थमन्त्री थिइन।
मन्त्री डा. महतले पैसा बाँड्न कार्यविधि पास गरेर अगाडि बढाउने विषयमा आफूलाई जानकारी नभएको बताए।
म मन्त्री भएर आएपछि मन्त्रालयले यस विषयमा कुनै निर्णय गरेको छैन। कार्य विधि बनाउने र बजेटको व्यवस्था गर्ने जिम्मेवारी गृह मन्त्रालयको हो। कार्यविधि बनाउनुपर्छ भन्ने विषय आएको थियो अरे र बन्यो अरे भन्ने मैले पनि सुनेको हुँ, उनले भने।
उनले लडाकुलाई पैसा दिने विषयमा अर्थ मन्त्रालय र आफू संलग्न नरहेको बताए ।
‘नेपाली कांग्रेस पार्टीको प्रवक्ता पनि हुँ म पार्टी र मेरो व्यक्तिगत राय– सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन पनि गर्नुपर्छ। जति पनि द्वन्द्वसँग जोडिएका विषय छन्, यी सबै सत्य निरुपण आयोगबाट भयो भने सबैभन्दा उत्तम हुन्छ, उनले भने।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल