Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अराजक प्रहरीमाथि कारवाहीको लहर

काठमाण्डौ । राजनीति छत्रछायाँमा पदीय मर्यादा तोडदै संगठनको गरिमा भत्काउने प्रहरीको ठूलो टोली यसपटक संगठनकै कारवाहीमा परेका छन् । अपराध गरेको जान्दा जान्दै काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवको दवावमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँडले रूपन्देहीबाट सिन्धुपाल्चोक सरुवा गरेका एसपी रामेश्वर यादवको जागीर जोगिएन् । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रहरीलाई उसैको नीति उसैको ऐन कानुन अनुसार चल्न दवाव दिएकै कारण अपराध गर्ने प्रहरी अधिकृतहरू कारवाहीमा परेका छन् ।
अख्तियारको कारवाही समेत लत्याएर काँग्रेसले रामेस्वर यादवलाई काँध हाल्दा कति पैसा खायो ? त्यसको नालिवेली विस्तारै आउला ? विशेष अदालतका न्यायधिस किनेर रूपन्देहीको पौरख थान्को लगाएका एसपी यादव जहाँ गयो त्यहाँ विवादीत थिए । नामै ठगबहादुर केसी ३५ तोला सुन १८ लाख रूपैयाँ समेत इप्रका वुटवलबाट समाएको सिआईविले निष्कर्ष निकाल्यो । आईजीपी बशन्त कुँवरको संगठन सुधारका योजना क्रमशः लागू हुँदै गर्दा राजनीतिक दवावको झण्झटबाट मुक्त हुन सकेका छन् । एक वर्षमा एक एसएसपी ३ एसपी ५ डिएसपी १५ निरिक्षक कारवाहीमा पर्दा २० वरिष्ठ सई ६३ सई, १३३ असई ६६ वरिष्ठ हवल्दार ३९२ हवल्दार ३७८ सहायक हवल्दार ९ सय जवाज ४९ कार्यालय सहयोगी कारवाही पर्दा आईजीपी कुँवरले कुनै दवाव झेल्न परेन् । राजनीतिक रूपमा काँग्रेस र एमाले गृहमन्त्री थिए भने प्रहरी यसरी खुलेर कारवाही गर्न सक्ने अवस्था हुदैनथ्यो । प्रहरी जिरोटोलरेन्सको नीतिका कारण प्रहरी अग्रसर भएको हो ।
विगतमा गल्ती गर्दै जाने बढुवा खाँदै जाने क वर्गको जिल्लाबाट क वर्ग कै जिल्लाको नेतृत्व लिने लोकतन्त्र प्रहरीमा थियो । पौरखी एसएसपी योगबहादुर पालको घमण्ड चर्को थियो । यौन लम्पट पालका विगत पनि राम्रो थिएन् । प्रहरीमा काँग्रेस भन्दा पनि उनी नेता थिए । राजनीति चलखेलमा रमाउने धेरै अधिकृत वाल कृष्ण खाँड डा. आरजु राणा, मन्जु खाँडजस्ताको शक्ति प्रयोग गरेर संगठनकै इज्जत ध्वस्त बनाएका थिए । मोफसलमा जस्तै उपत्यका भित्रका वृत्त र प्रभागका अधिकृत समेत उक्कन सकेनन् । सात दोबाटोका डिएसपी दिनेश घिमिरेले पैसा खाएर मोटर साइकल दूर्घटनामा परेर मृत्यू भएकाको परिवारलाई प्रलोभनमा पारेर मुद्धा नचलाउने निर्णय नै गराए । जेलमा डनलाई भेटन जाने मिलन केसीले समीरमान सिंह वस्नेतको सेवक वन्दा डिएसपीको मर्यादा भुल्दा कारवाही सहनै परेको छ । प्रहरीले प्रहरी वनेर भन्दा राजनीतिक दलको कार्यकर्ता बनेर गर्ने फैसलाबाट कति पिडितले पिडा भोगे पिडितलाई थाहा होला । सरकारको निर्देशनमा कानुनको पालना गर्ने शक्ति भनेकै प्रहरी हो । हुण्डी कारोवारमा सहभागी भएर कार्य विभागमा रमाई रहेका एसएसपी बेल बहादुर पाण्डे पर्सामा कार्यकाल पूरा गरी सकेका थिए । प्रहरी कष्टडीमा थुनामा भएका महिलामाथि मादक पदार्थ सेवन गरी यौन व्यवहार गर्दा सप्तरीको कन्चनपूरका डिएसपी दिपक कुमार रायमाथि छानविन हुँदैछ । प्रहरीले विगतमा यस्ता गल्ती थुप्रै गरेका छन् । विगतमा पनि कारवाही गरिन्थे तर राजनीति पहुँचबाट गल्ती गर्ने बचाउने गरिदा यो वर्ष कारवाहीको ग्राफ बढेको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको कार्यक्षमताका आधारमा वढुवा गर्न आईजीपीलाई निर्देशन दिएका छन् । यस पटक सरुवामा पनि कुनै दवाव र निर्देशनको सामना कार्य विभागले सहन परेन । आफूले गरेको काममा सन्तुष्ट एआईजी सन्दीप भण्डारी तालिम केन्द्र सरुवा भएका छन् । नेपाल प्रहरी अनुसन्धानको क्षेत्रमा सफल भएको छ । राजनीति दवावका कारण थुप्रै अपराधका घटना अलपत्र छन् । प्रतेक आईजीपीले नयाँ योजना ल्याउने अवकाश हुनासाथ उसका योजना लोप हुने चलन प्रहरीमा छ । मुस्कान सहितको सेवा होस वा टोल टोलमा प्रहरी घरघरमा प्रहरी भन्ने नारा वेपत्ता भयो । सामुदायीक प्रहरीको अवधारणा भने अहिले पनि छ । आईजीपी कुँवरको व्याजका अधिकाँश एआईजी भएका छन् । वशन्तको कार्यकालमा नेपाल प्रहरीले निर्मला पन्त वलत्कार पछिको हत्याका आरोपी पक्राउ गर्ला भन्ने विस्वास गर्न सकिँदैन् । किनकी राजनीति आडमा जुन घरमा निर्मला गइन त्यो घरका २ युवतीले उन्मुक्ति पाउनु तीनको घरमा अघि पछि हुने जमघटको वारेमा कुनै अनुसन्धान नहुनु नै पन्तको पाउनु पर्ने न्याय गुमेको हो । सुन प्रकरणमा सिआईविले गरेको छानविन भित्र ठूला नेता नै जोडिएका कारण मुल अपराधीसम्म प्रहरी पुग्न सक्ने विस्वास छैन् । ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा देखिएको राजनीतिक घृणित खेल प्रहरीले नवुझेको होइन् ।


सम्बन्धित समाचार