Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईजीआई प्रुडेन्सियलको नाफा ९ करोड

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षमा ९ करोड रुपियाँले नाफा बढाउन सफल भएको छ ।
कम्पनीले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै गत आर्थिक वर्षमा २६ करोड १० लाख रुपियाँ खुद नाफा आर्जन गरेको उल्लेख गरेको हो । अघिल्लो आर्थिक वर्षमा १७ करोड १२ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपियाँ र जगेडा कोषमा ५६ करोड ८३ लाख रुपियाँ छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८५ करोड ६७ लाख रुपियाँ बीमा शुल्क आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा ६४ करोड ७४ लाख रुपियाँ मात्रै खुद बीमा शुल्क गरेको थियो ।
साथै कम्पनीले ४३ करोड ३६ लाख खुद दाबी भुक्तानी गरेको छ भने प्रतिशेयर आम्दानी १२ रुपियाँ ८५ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।


सम्बन्धित समाचार