Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज बस्ने संसद बैठक अवरोध गर्ने एमालेको तयारी

काठमाण्डौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ ।
तर, आजको बैठकको सुरुमै अवरोध गर्ने प्रमुख प्रतिपक्षी दल एमालेको तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहीतविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै एमालेले अवरोधको तयारी गरेको हो ।
शनिबार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीप्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको थियो ।
भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, ईपीजी प्रतिवेदन बुझ्ने विषयमा छलफल हुन नसकेकोलगायत विषयमा प्रधानमन्त्रीसँग संसदमा जवाफ माग गर्ने एमालेको निर्णय छ ।
यस्तै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बङ्गलादेशसम्म पुग्ने बाटो दिए कालापानी र लिपुलेक दिन सकिने विवादास्पद अभिव्यक्ति दिएका थिए ।


सम्बन्धित समाचार

धितोपत्र बोर्डका प्रवक्तामा घिमिरे

२०८१ मंसिर १४

ताजा नेपाल

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल