Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अन्तरपार्टी कलहले छिन्नभिन्न भएको नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा भाग लिन जाने भएको छ । बिहान ११ बजे आयोजना गरिएको त्यो पक्षको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अहिले ३ बजे दलको बैठक बालुवाटारमा बोलाएका छन् ।
प्रम ओली आफै पार्टीको अध्यक्ष समेत भएकाले पार्टीका बैठकहरु पार्टी कार्यलयमा संसदीय दलको बैठक संसदीय दलको सिहंदरबारमा राख्नु पर्ने आवाज माधव पक्षले उठाएको थियो । तर आज पार्टी विभाजनको मुखबाट बचाउनका लागि पनि नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी समिति ,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको हो । विधान विपरीत केन्द्रीय सदस्य मननित गर्ने नवौ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने निर्णय ओली पक्षको तर्फबाट भएपछि एमालेमा विभाजनको रेखा कारिएको छ ।
अहिले सत्ता पक्षले माधव पक्षलाई शत्रुको रुपमा हेरेको छ भने सत्ता तिकाउन गैर बामपन्थी दक्षिण पन्थी शक्त्तिहरुसँग गठबन्धन गर्ने अभियान चलेको छ तर माधव पक्ष भने वर्तमान सरकारको बचाउ गर्दै पार्टी एकताको अभियानलाई सफल बनाउन अग्रसर बनेको दाबी गरिरहेको छ । यति खेर एकताको पक्षमा माधव नेपाल र प्रचण्डको टीम लागेको छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल