Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूहको बैठकले सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको छ । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत भएको बताए ।
उनले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिएका छन् । यस्तै काँग्रेस नेता रामचन्द्र पौडेलले ३ बजे काँग्रेस संसदीय दलको कार्यालयमा सबै नेताहरु जम्मा भएर आवश्यक निर्णय लिने बैठकमा सहमति भएको बताएका छन् । बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि मनाउन अन्तिम चोटी प्रयत्न गर्ने निर्णय भएको उनको भनाइ छ । सरकारको कदमलाई आफूहरुले असंवैधानिक भनेको र त्यसबारे के गर्ने भन्नेबारे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएर आवश्यक कदम चालिने बताएका छन् ।
बैठकमा राष्ट्रपतिमाथि महाभियोग लगाउने, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जस्ता विषयमा पनि छलफल भएको बताइएको छ । यी सम्पूर्ण विषयमा छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ । संयुक्त बैठकअघि माधव नेपाल, माओवादी र जसपाको उपेन्द्र समूहबीच पनि छुट्टै छलफल हुनेछ । यसैगरी जसपा नेता इस्तियाक राईले राष्ट्रपतिको आह्वान असंवैधानिक रहेको र त्यसबारेमा आजको बैठकमा छलफल भएको बताएका छन् ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल