Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सत्तामा पुग्नेले काम गर्नु त कता हो सत्ता टिकाउनैका लागि सकस गर्नु परेपछि मुलुकले कसरी प्रगति गर्छ । स्थिर सरकारको कल्पना गर्दै जनताले कम्युनिष्टलाई दिएको झण्डै दुई तिहाईले पनि स्थायित्व दिन नसकेको मुुलुकमा अब स्थायित्वको कल्पना कसरी गर्न सकिएला ? प्रधानमन्त्री पुष्पकमल दाहालले ७ महिनामा ८ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । जनमत पार्टीकी अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाउने तयारी भएको छ । यही अवधिमा प्रधानमन्त्रीले थप चार पटक मन्त्रालयको जिम्मेवारी पनि हेरफेर गरे । दाहाल गत पुस १० मा माओवादी केन्द्रबाट मुलुकको तेस्रो प्रधानमन्त्री बनेका थिए । आइतबार नै उनले आफ्नो दलबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएर जनमतका लागि ‘रेड कार्पेट’ बिछ्याइसकेका छन् । जनमत पार्टीले पनि एक साताअघि नै मन्त्रीका लागि अनितादेवी साहको नाम सिफारिस गरिसकेको छ । पार्टी प्रवक्ता शरदसिंह यादवले सोमबार शपथग्रहणका लागि प्रधानमन्त्री कार्यालयबाट खबर आइसकेको बताए । उनका अनुसार यसअघि कांग्रेससँग रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय साटफेर गर्ने प्रयास भए पनि कुनै निर्णय हुन सकेन । संसद्मा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा तेस्रो ठूलो दलबाट प्रधानमन्त्री बनेका दाहाल आफ्नो सत्तालाई स्थिरता दिन पटक–पटक मन्त्रिपरिषद्को पुनर्गठन र हेरफेर गर्नुपर्ने बाध्यात्मक अवस्थामा छन् । सत्ता गठबन्धनलाई भत्काउन पछिल्लो समय प्रमुख प्रतिपक्षी एमालेका साथै सत्ता घटकै दल र कतिपय नेताले कसरत गरिराखेकाले पनि दाहाल यतिबेला दबाबमा छन् । असार १३ मा संसद्मा बजेट पास गर्न भएको मतदानको सकस र गौरकाण्डको अनुसन्धान गर्ने सहमतिपछिको नयाँ परिस्थितिले प्रधानमन्त्री दाहाललाई थप असुरक्षित बनाएको छ । पुस २६ मा २ सय ६८ सांसदको विश्वास पाएका दाहालसँग अहिले सत्तापक्षमा १ सय ५६ मात्र सांसद छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल राजनीतिक गठबन्धन बदलिएको कारण त्यसको असर मन्त्रिपरिषद्मा परेको बताउँछन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल