Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुन र चाँदीको मूल्य स्थिर अवस्थामा रहेको छ । एकपछि अर्को नयाँ रेकर्ड कायम गराउँदै बढेको सुनको मूल्य ४ हजार रुपैयाँले गिरावट भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबारको बजारमा कायम भएको मूल्यमा नै सुन खरिद बिक्री भएको हो । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । यस्तै यस दिन चाँदी पनि स्थिर छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८२५ रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।


सम्बन्धित समाचार