Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा भाँडभैलो, संसदीय दलको नेता परिवर्तनको तयारी

काठमाडौं । अवसर पाउन लाग्दा अघि बढ्ने देउवा अवसर नपाउने निश्चित भएका बेला अरुलाई नै अघि सार्छन् भन्ने कुरा त प्रधानमन्त्रीको दौडमा १७ पटक पराजित भएका रामचन्द्रले पुष्टि गरिसकेका छन् । अहिले नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि चुनौती थपिएको छ । पार्टीभित्रका उनका प्रतिद्वन्द्वीले संसदीय दलको नेता परिवर्तनको तयारी सुरु गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले संसदीय दलको नेता परिवर्तनसम्मको तयारी थालेका हुन् । देउवा पटक पटक प्रधानमन्त्री भइसकेको र फेरि पनि उनी नै बन्न खोजेको भन्दै विरोध बढेको छ । संसदीय दलको नेता परिवर्तनमा पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षधरबीच समेत छलफल भएको बुझिएको छ । कोइराला परिवार समेत देउवाविरुद्ध एकजुट भएको छ । देउवा विरोधी समूहको आन्तरिक बैठक निरन्तर चल्दै आएको छ । संसदीय दलको नेता परिवर्तन गरी महामन्त्री डा. सशांक कोइराला या पूर्वमहामन्त्री प्रकाशमान सिंहमध्ये एकलाई बनाउने तयारी समेत भएको छ । दुवै नेतामा सहमती बने एकले देउवालाई चुनौती दिने भएका छन् । वर्तमान प्रतिनिधि सभा चुनावलगत्तै भएको काँग्रेस संसदीय दलको निर्वाचनमा देउवालाई त्यतिबेला प्रकाशमान सिंहले चुनौती दिएका थिए । ६३ सांसदमध्ये देउवालाई ४२ र सिंहलाई २१ मत परेको थियो । त्यतिबेला महामन्त्री डा। सशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सिंहको विपक्षमा उभिएका थिए । पौडेल पक्षधरसँगै कोइराला र सिटौला एकजुट भएमा देउवा अल्पमतमा पर्न सक्ने बुझिएको छ । देउवा विरोधी एकजुट भएमा ३२ सांसद रहेको बुझिएको छ ।