Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका वहालवाला सचिव टेकनारायण पाण्डेलाई प्रहरी हिरासतबाट उपत्यका प्रहरी कार्यलय झिकाएर वार्ता गर्ने मात्र होईन आफ्नै निवासमा पु¥याएर डा. आरजु देउवासँग वार्तालाभ गराएको समाचार आउँदा पनि एआईजी श्याम ज्ञवालीले चासो दिएनन् । प्रहरी अनुसन्धानमा पक्राउ परेको १ करोड ४० लाख ५० हजार रुपैयाँ सन्देश शर्मासँग लिएको जानकारी हुँदा हुँदै एआईजी ज्ञवालीले कस्तो आँट गरे ? उनले जिल्लावासी भएको नाता र पूर्व गृहसचिव भएकाले भिभिआईपीको रुपमा टेकनारायण पाण्डेलाई पूर्व प्रम शेरबहादुर पत्नी समक्ष संवाद गराएर आफ्नै संगठनको वदनाम गराएको चर्चा चल्यो । आईजीपी बशन्त कुँवरले जिल्लावासी नेता भएकाले भिभिआईपीको रुपमा टोपबहादुर रायमाझी प्रति जुन सदासयता देखाए त्यसले पनि अपराधी उम्काउन प्रहरीनै लाग्छ भन्ने देखायो । प्रहरीले यस्तो धेरै गर्छ । फरार रायमाझी आइतबार राति प्रहरीकै सक्रियतामा पक्राउ परेका छन् ।
प्रहरी प्रहरी बन्ने हो कि काँग्रेसको भगिनी संगठन बन्ने हो ? बिगतमा प्रहरी काँग्रेस बन्ने गथ्र्यो । काँग्रेसका नेताले भनेपछि प्रहरीले अपराधी लुकाउने र छुटाउने गथ्र्यो । क्षमतावान भन्दा नेताका नाम जोडिएका प्रहरी अधिकृतहरूले त्यस्तै व्यापार गर्थे कमाई गर्ने ध्यान दिन्थे । खाँड गृहमन्त्री भए पनि काम मन्जु खाँड र डा. आरजूको निर्देशन विना प्रहरी जवानको समेत सरुवा वढुवा हुँदा कमाईको चक्कर अनुसार काम हुन्थे । यीनै एआईजी ज्ञवाली पनि कामले भन्दा नेताकै दवावमा कमाई हुने ठाँउमा नेतृत्व लिएर गएको समाचार पढिन्थ्यो । तर अहिले यीनले टोक नारायणलाई कार्यालय र निवासमै लगेर नेपालको उच्चतम भ्रष्ट डा. आरजू राणासँग सम्पर्क गराएको समाचार आउँदा गृहमन्त्रालय समेत बेखवर बनेको छ । किनकि अहिले प्रहरीकै सक्रियता बिना यो काण्डको छिनोफानो हुने सम्भावना छैन ।
संयोग बस प्रहरी आईजीपी कुँवर सचिव पाण्डे, एमाले नेता रायमाझी अर्घाखाँचीका र एआईजी ज्ञवाली प्यूठानका भएकोले मिल्नेसम्म कानूनी छुटको कमजोरी प्रयोग गर्ने आँट आईजीपी र एआईजीलाई जागेको हुनसक्छ । भुटानी शरणार्थी प्रकरणको हल्ला चल्दै ठूला नेताको जर्वजस्त पक्राउ पूर्जी जारी भएपछि आईजीपी र एआईजीले जस्तो व्यवहार गरे तीनले पदीय दायित्व विपरित काम गरेको गृह मन्त्रालयले महशुस गर्छ कि गर्दैन ? यो केशमा छानविन गर्ने प्रहरी नै हो । प्रहरीले नै अपराधसँग जोडिएका व्यक्तिसँग सम्वन्ध राख्छ भने त्यसले संगठनको मर्यादा राख्दैन । नेपाल प्रहरीका आईजीपी वशन्त कुँवर एआईजी श्याम ज्ञवाली गृहमन्त्रालयमा नारायणकाजी आउँदा उनको काम गराईप्रति कति विस्वस्त थिए ? अझै पनि यीनको जोड वालकृष्ण खाँड र टेकनारायण पाण्डेलाई बचाउने भए पनि अब त्यो सम्भव छैन । काँग्रेसका नेताहरूलाई यो सम्बन्धी प्रहरीलाई प्राप्त सूचना आईजपीबाट गइरहेको छ । किनकी ज्ञवाली र कुँवर काँग्रेस शक्ति केन्द्रकै सेवक बन्न रुचाउने पात्रका रुपमा धेरै ठाँउमा विगतमा प्रस्तुत भएर बालकृष्णदेखि देउवा दरवारसम्मको साथ लिएका कारण तीनले हिजोको गुण तिरेका हुन सक्छन् । शिक्षाको क्याडरले गृह कस्तो हाँक्ला भन्ने जिज्ञासा बालकृष्ण खाँडले महेश्वर न्यौपानेको सरुवासँगै टेकनारायणलाई भूमि सुधारबाट तानेका बेला रिझाका थिए । पाण्डे स्वच्छ निष्कलङ्क प्रशासनिक तहमा काविल मानिन्थे । तर भूमिसुधारमा ५÷१० हजार पनि छाडेनन भन्ने कुरासँग नक्कली शरणार्थी प्रकरणमा आफुले छुट्टै, गृहमन्त्रीलाई छुट्टै पैसा बुझेको देखियो । गृहसचिव प्रेम राई भएकै बेला तत्कालिन प्रम केपी ओलीको हुकुमले यो प्रकरणको कानूनी रुपमा शुरु भएको हो । एमाले कार्यकर्ताले देशदेखि विदेससम्म ठगीका च्यानल फिट गराएका छन् । बैदेशीक रोजगारीमा कालो साँप वनेकाहरू काँग्रेस र एमालेको झण्डाको ओत मै छन् । ठगी प्रकरणले यो बेला देश हल्लिएको छ । एमाले र काँग्रेसका ठालुहरूले देश लुटन पाउँछन् । कानून तोडन पाउँछन् । निर्धालाई कानून नलाउने पावरवालालाई छुट दिने प्रजातन्त्रमा रमाएका काँग्रेस र एमाले नै हुन् । किनकी १४ वर्षे संसदीय विकृतिमा सिंगो देश रमाएकै थियो । प्रहरीले देश गुनाको भेष नेता अनुसार कारोवार गर्नै प¥यो । त्यो सवै बुझेका प्रहरी आईजीपी वशन्त कुँवर डा. आरजूलाई कोशेली बुझाएर एसएसपीसम्म अगाडि रहेका सात जनालाई लतार्दै डिआईजी भएका हुन । डिआईजी बनेर प्रदेश २ को नेतृत्व लिँदा संगठनमा काजको वेथिति हटाउन पहल गर्दा संस्थागत रुपमा राम्रै हाइहाइ कमाएका कारण उनलाई फड्किन सहज भो ।
राजनीति दवावले कस्ता अपराध देख्छन् भन्ने कुरा प्रहरीका प्रत्येक अधिकृतलाई थाहा छ । खाँड कुशको बाहुन बनेर प्रकाश देउवा, डा. आरजू देउवा र मन्जु खाँडको निर्देशनमा प्रहरी चलाइएको पनि थाहा छ । त्यही कारण प्रहरीले माओवादीलाई सघाउँदैन । किनकी माओवादी विधि र पद्धति तोडदैन । प्रहरीका यी अगुवा भने विधि पद्धति तोडेर लुटाहा प्रजातन्त्रको रक्षा गर्न भ्रष्ट निलम्वीत सचिवलाई आफ्नो हवेली र कार्यालयमा पु¥याएर सम्मान गर्न पछि पर्दैनन् । देशमा कानूनी राजा थियो भने टोपबहदुरलाई भगाउने आईजीपी टेकनारायणलाई सम्मान पूर्वक कार्यालय र घरमा पु¥याएर काँग्रेसकी वडा महारानी डा. आरजूसँग फाने सम्वाद गराउने एआईजीमाथि कारवाही हुन्थ्यो । सडक र सदनमा सरकारलाई साथ दिने जनमत ठूलो छ । माओवादीका गृहमन्त्री नारायणकाजी श्रेष्ठले वल्ल अपराधीको जह्रो खोतल्दैछन् । तर तीनलाई प्रहरीकै साथ जरुरी छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल