Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुटनीतिक मर्यादामै चिनियाँ प्रहार

काठमाडौं । नेपालबाट आफ्नो स्वार्थ पूरा गर्न चीन जति कुटनीतिमा खेल खैल्छ त्यस्तो खेल भारतले खुलम खुल्ला खेल्छ । भारतमा उच्च शिक्षा लिएका विद्यावारिधी गर्ने ठूलो जमातको भारतीय दास नेपालमा छन् । नेपालका नेता समेत सत्ता र कुर्सी टिकाउन भारत भक्त बन्न पुग्छन् । प्रचण्ड, केपी, डा. बाबुराम, रामचन्द्रको के कुरा दक्षिणको हितमा चिन्ता प्रकट गर्ने माननीय नेपालको बन्ने धर्ती पुत्र कति छन् कति ? राजेन्द्र महतोहरूको जन्मस्थल भारत हो । उनीहरू नेपालको अंगीकृत वाला हुन् । यिनीहरूलाई हो भारतीय चेली नेपाली बुहारी भएको भोलिपल्ट नेपालको नागरिकता दिनु परेको । यिनका चेली भारतीय बुहारी बन्दा सात वर्ष कुर्नु पर्ने तर भारतीय चेली नेपालकी बुहारी बन्दा तुरुन्तै नागरिकता लिएर पाएसम्म सांसद बनाउने मन्त्री दिलाउनु पर्ने सोच यिनमा छ । यहाँ ओलीको राष्ट्रवाद खरो भयो । विद्याको विधेयक फिर्ता देशभक्त भन्ने छन् । चरित्र एउटै हो रूप फरक हो ।
नेपालको छिमेक नीति बाध्यतावश भारत निर्भर बन्दैछ । उत्तरतर्फ भौगोलिक विकटताले छेक्दैछ । तर चीनले नेपालका परराष्ट्रमन्त्रीको चीन भ्रमणकै बेला तातोपानी नाका बन्द गरायो । जुन देशको परराष्ट्रमन्त्री चीन भ्रमणमा छ । त्यही देशसँग जोडिएको सीमा नाका मन्त्री चीनमै भएको बेला बन्द गराएर चीनले समुद्रीक मार्गमा जोड दिनु कदापी कुटनीतिक रूपमा उचित होइन । चिनियाँ अपराधी कति छन् नेपालमा ? चिनिया राष्टपतिको भ्रमणको बेला भएका सम्झौता अनुसारका योजना का बारेमा परराष्टमन्त्री भ्रमणमा जाँदा छलफल हुनु बजेट दिनु ठूलो विषय होइन । आफू नेपालबाट सुरक्षित हुन खोज्ने अमेरिकी स्वार्थको एमसीसीको ५४ अर्ब अनु्दानमा चासो लिँदै नेपालले भरसक त्यो अनुदान स्वीकार नगरोस् भन्ने आशय देखाउने आफ्नो राजदूत मार्फत् दलका नेताका घर चाहार्ने नेपालकै परराष्ट्रमन्त्री चीनको भ्रमणमा भएका बेला तातोपानी नाका बन्द गर्ने ? चीनको यो व्यवहारले नेपाललाई उत्तरको भन्दा दक्षिणको सहारा लि भनेको हो ?
परराष्ट्रमन्त्रीको इज्जतका लागि पनि चीनमा उनी रहँदासम्म नाका बन्द गर्नु हुँदैनथ्यो । चीनमा कोरोनाको नयाँ भेरियन्ट देखिएका छन् । कोरानाको माहामारी त्यहीबाट शुरु भयो । त्यही छिटो नियन्त्रण पनि भयो । यो व्यवहारिक पक्ष हो । तर चीनको खाद्य सामग्री नेपाली उत्पादन भन्दै बेच्ने व्यापारीले के सोच्लान् ? लत्ता कपडा, विद्युतीय सामान समेत अरवौं कारोबार गर्ने चिनले नेपालसँग भएका दुई नाका नेपालकै परराष्ट्रमन्त्री चीनमा रहँदा बन्द गर्दा कुटनीतिक म्यासेज कस्तो जान्छ ? चीन जस्तो विश्व हल्लाउने शासकहरूले थाहा नपाउने हुन्छ ? उसले भारतले जस्तै हेपेको हो । यस्तै हेपाईले कहिले जुम्लामा, कहिले हुम्लामा चीनले सिमा मिचेको खबर आउँछ । मनाङ, मुस्ताङ, रसु्वा र सिन्धुपाल्चोकमा सीमा क्षेत्रका तस्करहरूले नै चिनियाँ अत्याचारको फेरिस्त ल्याउँछन् । नेपालमा साइबर ब्यूरोसँग जोडिएका चिनियाँ ठगीका अपराध कति छन् ? प्रहरीको रकेर्डले बताउँछ । माओले स्थापित गरेको देश भन्ने मात्र हो, चीन । पुँजीवादले ग्रस्त समाजमा तस्करी हुने नै भयो । अपराधका श्रृङ्खला जागेकै छन् । तर चीनका नेपाली दलालहरूलाई नेपालको परराष्ट्रमन्त्री चीनमा हुँदा चीनले तातोपानी नाका बन्द गरेको जानकारी नभएको हो ? यो विषय सदनमा उठ्नुपर्छै । तर सदनमा पनि देशघाती दलाल धेरै छन् । नेपालमा आफ्ना दलाल सत्तामा छन् भने भारत छाडा हुन्छ । सीमा नदीमा एकतर्फी बाँध लगाउँछ, नेपालको भूमि डूबाई दिन्छ र गणतन्त्र दिवस मनाउँछ । नेपालका दलालहरूलाई त्यो थाहा हुँदैन कतै यस्तै भयो कि ?


सम्बन्धित समाचार