Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै गर्दा काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ। महानगर कार्यपालिका सदस्य हिरा देवी पोखरेलका अनुसार साउन १८ गते एउटै परिवारका ४ जनामा कोरोना देखिएपछि १४१ जनाको स्वाब संकलन गरिएको थियो। १८ गते ४ जनामा देखियो। एउटा शिविर नै गरेर १४१ जनाको स्वाब संकलन गरेका थियों। जसमध्ये १३ जनामा संक्रमण देखिएको छ। थप केहीको रिपोर्ट आएको छैन। संक्रमितहरुलाई कीर्तिपुर र टेकुस्थित अस्पतालको आइसोलेसनमा उपचार्थ पठाइएको उनले जानकारी दिइन्। अहिले २ बजे सरोकारवालासँग कुरा गर्ने र आवश्यक निर्णय हुने सदस्य पोखरेलले जानकारी दिइन्।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल