Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाको खोपमा माफीयाको चासो

काठमाडौं । सरकारले कोरोना खोप निजी कम्पनीलाई पनि ल्याउन दिने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषद्ले निश्चित मापदण्ड राखेर निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् । कोरोना परिक्षणको नाममा निजी क्षेत्रले नेपाली जनतालाई लुटेका थिए । त्यो लुटमा सत्ता पक्षकै नेताको सहभागीता भएको कसैलाई कारबाही गरिएन । कतै खोप खरिद प्रकृयामा समेत औसधी जन्य सामाग्रीको ज्ञान नभएका ओम्नी समूह जस्ता ठग कम्पनीहरु आए भने सरकार रमिते बन्ने छ ।

मन्त्री त्रिपाठीको भनाइमा निजी कम्पनीले ल्याएको खोप सरकारले भने किन्दैन । निजी प्रयोजनमा नै दिन सकिन्छ । यही निर दलालहरुले सरकारका बदनामी गर्न सक्ने अवस्था छ ।

सरकारले ल्याएको खोप भने निःशुल्क नै हुने उनले बताए । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार २० लाख डोज कोरोना खोप दुई साताभित्रै आइपुग्छ । सरकारले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोना खोप ‘कोभिसिल्ड’ प्रतिडोज चार डलरका दरले खरिद गर्ने गरी निर्णय गरिसकेको छ ।