Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बिगत लामो समय देखि बिभिन्न बिद्यालयहरु देखि संगीत बिद्यालयसम्म संगीत प्रशिक्षकको रुपमा संगीत सिकाउदै आइरहेका कुशल संगीतकर्मी हुन् पदम रोकाया । उनको कार्य कौशलताले नेपाली गीतसंगीतको क्षेत्रमा ठुलो योगदान पुगेको छ । २०६९ सालमा पदम रोकाया एकल साँझको समेत भब्यरुपमा आयोजना गरिएको थियो । उनले आफ्नो क्षेत्रमा राष्ट्रिय स्तरका लोकप्रिय कलाकारहरुको उपस्थितिमा थुप्रै सांस्कृतिक कार्यक्रम आयोजना गरिसकेका छन् । उनका सिर्जनाहरु निष्ठुरी, परि, कर्णाली दुर्दशा, परि दुई, मेरि मायाँलु, जुम्ला कालीकोट जस्ता गीतिसंग्रहहरु नेपाली सुगम संगीतको बजारमा अत्यन्तै चर्चामा रहन सफल भएका छन् ।
संगीतिक क्षेत्रमा उचाई चुम्दैगरेका पदम रोकाया बिगत डेढ दशक देखिको सांगीतिक यात्रामा करिब आठसय भन्दा बढी गीतहरुमा शब्द, संगीत र स्वर अनि भिडियोमा मोडलिङ समेत गरिसकेका छन् । आफ्नै शब्द, संगीत र स्वरमा जुम्ला कालिकोट बोलको गीत बजारमा ल्याएपछि एकाएक चर्चाको शिखरमा पुगेका रोकायाका जुन गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । माया गर्ने जीवन साथी, तिमी देखि टाढा, जिन्दगीमा तिमी थियौ, तिम्ले घृणा गरेपनि जस्ता दर्जनौ हिट गीतहरु नेपाली दर्शक, स्रोतालाई पस्की सकेका रोकाया नेपाली गीत, संगीतको बिकास र समृध्दीको लागि निरन्तर साधनारत छन् । कर्णाली कलाकार समाजको अध्यक्ष समेत रहेका उनि नेपाली संगीतका उच्च पदमा समेत रहेर काम गरिसकेका छन् । संगीतकर्मी रोकाया नेपाल सरकारको राष्ट्रिय पुरस्कार २०७५ व्दारा सम्मानित भइसकेका छन् भने म्युजिक खबर युवा प्रतिभ सम्मान २०७४, नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८, राष्ट्रिय संगीतक्रमि म्युजिक अवार्ड २०७५, रारा साहित्य प्रतिष्ठान स्रटा सम्मान २०७६ लगायतका पुरस्कार एवं सम्मानबाट सम्मानित भइसकेका छन् । विभिन्न अवार्डहरु र सम्मान प्राप्त गर्न सफल रोकाया कर्णाली प्रदेशकै पहिलो ब्यक्ति पनि हुन् । त्यसैले कनका सुन्दरी गाउँपालिकाको आयोजनामा र नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न कर्णाली प्रदेश स्तरिय खस सिञ्जा महोत्सव २०७६ मा समेत सम्मानित भएर दुर्गम जिल्लामा जन्मेर नेपाली गीत संगीत क्षेत्रमा चर्चा, परिचर्चाको पात्र बन्न सफल छन् उनि । नेपाली गीत, संगीत क्षेत्रमा केही नयाँपल दिन अहोरात्र खटिरहेका रोकाया विभिन्न संघ संस्थामा आबद्ध रहेर सामाजिक कार्यमा समेत सशक्त भुमिका निभाउँदै आएका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल