Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्रीविरुद्ध मोर्चाबन्दी

काठमाण्डौ । मुखले सम्वृद्धि र विकास भन्ने ठाउँ अनुसार आँफु बच्ने र आफ्नै अस्तित्व बचाउने ललिता निवास काण्डका शुरुवाती अभियान्ताहरू माधव नेपाल र डा. वावुराम भट्टराई समेत उप प्रम तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध माफीया र भ्रष्टाचारीको साथमा उत्रेका छन् । तीनको चरित्रले तीनैलाई नाँगो बनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण दोस्रो चरणको छानविन रोकिएको छ । सरकार अव डुक्रिनु पर्दैन् । शेरवहादुर देउवा र केपी ओलीको इच्छा र अदृष्य द्रव्य मोहले तीनका श्रीमति र स्वकिय सचिवको पौरख जोडिएको थियो । पिडितले काँग्रेसका डा. आरजु देउवा, मन्जु खाँड, एमालेका नैनकला थापा, राजेश वज्राचार्य, राजेस्वर स्थापित, डा अजयक्रान्ति शाक्य दोस्रो चरणको छानविनमा जोडिएका थिए । यो सत्य संसरलाई थाहा छ । तीनको छानविन नहोस भनेर गृहमन्त्रीको स्वीकृत नलिइ प्रधानमन्त्रीको पद बचाउन शेरवहादुर देउवा र केपी ओलीको दवावमा भुटानी शरणार्थी प्रकरणको छानविन गरिरहेका प्रहरी अधिकृतहरूको सरुवा गराए । प्रहरी इतिहासमा कुनै आरोपबिना प्रहरी अधिकृतहरू सरुवा गरिएको यो पहिलो पटक हो । लुटनका लागि ल्याइएको गणतन्त्रका नायक भ्रष्टाचार शिरोमणीहरू गृहमन्त्री विरुद्ध एक भएका छन्् । अव लोकतन्त्र यीनै राजालाई आएको हो भन्दा हुन्छ । दिनरात खटेर पेट पाल्न नसक्ने अवस्था देशमा बन्दैछ । तर यहाँ केपी ओली र शेरवहादुर देउवाको इच्छापूरा नभए प्रधानमन्त्री पुष्पकमद दाहालको पद नजोगिने भयो । यहाँ गृहमन्त्री नारायणकाजीको सत्य र निष्ठाको ख्याल गरिँदैन् । काजीलाई आर्थिक रूपमा विवादमा नपरौ भन्ने त होला । तर पार्टी भित्र कै माफीया चरित्रका जर्नादन शर्मा, वर्षमान पूनहरूको टोलीले विकृति विरुद्धको अभियानलाई सघाएका छैनन् । जनार्दन शर्माको क्षमता अर्थमन्त्री भएका वेला काँग्रेसी महारानी एवं भ्रष्ट नायिका डा. आरजु देउवासँगको सम्वन्धले अर्थतन्त्रको सूचाँक कस्तो वनाईयो त्यो देखियो । सुन प्रकरणमा वर्षमानका भाई नै जोडिए भने पूर्व उपराष्ट्रपति पूत्र दिपेश पून समेत जोडिए । कृष्णबहादुर महराका पनि वावुछोरा जोडिएका छन् । तीनका विरुद्ध जनार्दन कसरी लाग्छन् भन्ने कुरा उनकै लगानीका अनलाईन न्यूज पोर्टलहरूको प्रस्तुती काफी छ । माओवादीका कुन नेताले जनयुद्धमा सँगै लडेका लडाकू पिए राखे ? त्यो छर्लंग छ । भन्नेहरूले आँफू विरुद्ध जव माफीयाहरूको मोर्चा बन्छ त्यो मोर्चाको भण्डाफोर गर्दै काजीले गृहमन्त्री पदबाट त्याग्न सक्नु पथ्र्यो भन्छन । तर समय गृहमन्त्रीले पद त्यागेर सुन काण्ड मात्र होइन एमालेका श्री ३ जोडिएका एक दर्जन काण्डको पर्दाफास गर्न सक्नुपर्छ भन्ने दवाव पनि छ । भृकुटी मण्डपमा आफ्ना सहमहामन्त्री माथि राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गर्दा रिसाउने काँग्रेसले देशको एकमात्र त्रिभूवन विश्व विद्यालयका प्राध्यापकमाथि कुटपीट गर्ने नेविसंघका कार्यकर्ताको पौरख दवाउदा प्राज्ञीक थलो कता लैजाने शुर कसेको छ भन्दैन् । आफ्नो स्वार्थमा ठेस लाग्दा एमालेका केपी ओली पहिले प्रचण्डको मुख हेर्दिन भन्थे, माधवको नाम लिँदा मुख कुल्ला गर्छु भन्थे । एकाएक प्रधानमन्त्रीसँग भेटन वालुवाटार गएको पनि देखियो ।
अहिले हरेक कोणबाट गृह तथा उपप्रम नारायणकाजी माथि प्रहार भएको छ । पार्टीकै माफीया चरित्रले समेत गृहमन्त्रीमाथि आक्रमण गरेका छन् । उनलाई प्रेसको साथ छ । आफ्नो र अर्को छुट्याउन नसेकेर नेताले पछुताउ पर्ने दिन पनि पदवाट फुत्केपछि आउँछ । साथी संगत चाहिने वेला संकटको अवस्थामा हो । माओवादी आफै कठोर बन्नु पर्ने वेलामा त्यो पार्टीका नेता कस्ता कस्ता काण्डमा जोडिए तीनको राजनीतिक थाक थलो कस्तो छ सम्मान पदक पुरस्कार तीनलाई चाहिन्छ उनीहरू लडेका अरु सुविधा खान आएका भनिएकै छ । माओवादी सपार्न भनेको युवा पुस्ताले हो । काम गर्दा गर्दै केपी ओली शेरवहादुर देउवाको इच्छा जर्वजस्त पूरा गर्दा सरकारवाट वाहिरिनु पर्यो भने काजीले सक्ने आँट गर्नुपर्छ । संगठन चाहिन्छ संगठन छैन भने नेता जस्तो सुकै त्यागी निष्ठावान भएर केही हुँदैन । आदर्शका कुरा गर्ने रात परेपछि कोल चाटने त क्रान्तिकारी मोहन वैद्य, मोहन विक्रमले आफै मात्र क्रान्तिकारी अरु सवै शंसोधनवादी भन्थे मौका पाएपछि बुढेशकालकी कान्छीलाई सांसद वनाउन उनले छाडेनन् । क्रान्तिकारी नेता मन्त्री बन्दा परिवार छोरा छोरी भाई भतिज वाहेक पार्टीमा संघर्ष गरेको त्यागी निष्ठावान सहयोगी कसले राख्यो ? त्यो देखियो । अव माओवादी हुँ भन्न लजाउनु पर्ने भएको छ । आन्दोलन संघर्ष भन्ने कुरा जनताका छोरा छोरीले गर्ने हो नेताका छोरा छोरी र नेताले गर्ने भनेको सुन तस्करी, नक्कली शरणार्थी, ललिता निवास, ओम्नी, थामर्सेकू, गिरी वन्धु टिस्टेट, सेकुरिटी प्रेस, पशुपति धर्मशालाजस्ता काण्ड मच्चाएर आफू वन्ने हो । जनताका छोरा छोरीलाई मुर्ख बनाउने मास्र्सवादले कति दिनको इज्जत राख्छ निष्ठावान नेताले ख्याल गर्नै पर्छ ।


सम्बन्धित समाचार