Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अन्तर्राष्ट्रिय रूपमा चीन/रुस ध्रुवीकरण रुस युक्रेन युद्ध वारपार हुनासाथ रुसको चिनसँग सहकार्य दक्षिण एशियामा आक्रामक रूपमा अघि बढ्ने निश्चित छ । पहिलो पटक नेपाली युवाहरूको रुसी सेनामा प्रवेशपछि नेपालमा रहेका इन्डो/पश्चिमाका अमेरिकी अनुचरहरू तिलमिलाएका छन् । किनभने सुरक्षाको दीर्घकालीन प्रभाव भयानक हुन्छ । भारतको आरएसएस र बिजेपिको सरकार जतिसुकै चीन÷पाकिस्तान बिरोधी प्रपोगण्डा गरेपनि इन्दिरा गान्धिले रुससँग गरेको २० वर्षे सुरक्षा सम्झौता र ५० वर्षे रणनीतिक सम्झौताको संरचनाबाट भारतीय सेना मुक्त हुन सक्तैन । नरेन्द्र मोदी भ्याटिकन र पश्चिमाप्रती बढी आश्रय खोज्न थाले र चीन विरुद्ध अमेरिकनहरूसँग गठबन्धन गर्न खोजे भने भारत बिभाजन कसैले रोक्न सक्तैन । त्यतिबेला आरएसएसको अखण्ड भारतको एजेन्डा बिखण्डन भारतमा परिणत हुन् सक्छ । इतिहास पुरानै रूपमा दोहोरिँदैन नयाँ फेनामेनामा देखापर्छ । नेपाल सफ्ट स्टेट होइन, हार्ड स्टेट हो ।
बि.सं. १९०३ कोत पर्बकै निरन्तरता बि.स. २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड हो । अहिलेका पार्टीहरू पार्टी होइनन् गुप्तचर सञ्जाल हुन् । प्रचण्डले माओवादी पार्टी बन्न नसकेको घोषणा गरे । माओवादी मात्रै होइन काँग्रेस /एमाले पनि पार्टी बन्न सकेका छैनन् । गुप्तचरहरूको सञ्जाल मात्रै हो । सुर्यबहादुर थापा पुत्र सुनिल थापा, शेखर कोइरालाभन्दा काँग्रेसको बरियतामा अगाडि छन् । कृष्णप्रसाद भट्टराई, गणेशमानको काँग्रेस परित्याग, गिरिजाको अक्सिजन थुतेर आत्महत्या, सुशील कोइरालाको कोइराला निवासमा हत्या, सैनिक जनरल कुमार फुदुङ माओवादी कमरेड, कोमल ओलि एमाले कमरेड कस्ले बनायो ? यतिबेला जसले राजनीतिक पार्टीलाई जासुसीकरण गरे उनीहरूले उक्त शक्तिकेन्द्र विशेषत दरबारलाई बेवास्था गर्दाको संकट पार्टीहरूमा देखिएको छ भने यसको बिकल्प कोटपर्व र दरबारहत्याकाण्ड २०५८ जेष्ठ १९ को संरचनाबाट पश्चिमा केन्द्रलाई सुरक्षित राख्दै खोजिएको निकासको सङ्कट सेना र दरबारियाहरूमा देखिएको छ । यदि युक्रेनको जेलेन्स्की मोडेलमा अमेरिकी सैनिक संगठन नाटोसँग जोडिएर नेपाली सेना अघि बढन खोजे विघटनको यात्रा हो । रुसी सेनामा नेपालीहरूको प्रवेश विशेष गरेर पछिल्लो चरणमा राजा वीरेन्द्रको वंशनाश गरेर अगाडि बढेको नेपालको सेनाको नाटोसँगको अघोषित निकटताको परिणाम हो । रुसी सेनामा अब नेपाली युवाहरूको प्रवेशलाई दुई चार जना जेलेन्स्कीका चेलाहरू बकबक गर्दैमा रोकिने छैन ।
भुराजनिती अत्यन्त संबेदनशिल विषय हो । वि.सं. २०४६ अघिको शितयुद्धकालिन समयमा जस्तो अब चीन÷पश्चिमा ध्रुव नेपालमा सम्भावना छैन किनकि दक्षिण एशियामा चीन/अमेरिकी टकराव सतहमा देखिएको छ । वि.सं. २०१८ सालमा माओको सल्लाहमा पश्चिमालाई चीन/रुससँगको समानान्तर सम्बन्ध साथ काउण्टर दिदा डा. केशरजंग रायमाझीलाई राजाबादी गद्दार भन्नेहरू सिआइएसँग निकट भएपछि इन्दिरा गान्धिले भारतमा नियन्त्रण रेखा तोकिदिएपछि नेपाल फर्केका बिपि कोइरालालाई राष्ट्रबादको पगरी गुथाइयो । चीन/रुससँग सम्बन्ध बिस्तार गरेका टङ्कप्रसाद आचार्य, डा. केशरजङ्ग रायमाझी राजाबादी, बिपि राजाको घाटी र मेरो घाटी जोडिएको छ भन्दा पनि राजाबादी नहुने ? अबका दिनमा यसप्रकारको राजनीति सफल हुने छैन । दलाइ लामाको धर्मनिरपेक्ष बुद्धिजम र गुरुकुल शिक्षाबिनाको हिन्दूराजतन्त्र अब बासी बिचार हुन् । नेपालमा हिन्दूराजतन्त्रको अन्त्य २०२८ को नयाँशिक्षा बाटै भएको छ, जसको प्रतिरोध गर्दा योगि नरहरिनाथलाई जेलमै करेन्ट लगाएर यातना दिइयो । एजेन्डा बिहिन राष्ट्रबादको स्याल हुइयाको कुनै औचित्य छैन । बर्तमान राजनीतिक दलहरूको विघटन निश्चित छ । किनभने पार्टीको नाममा काँग्रेस, एमाले, माओवादी होस् या राप्रपा र नयाँ उदय भएका राष्ट्रिय स्वतन्त्र पार्टी यी सबै देशी विदेशी गुप्तचरहरूका सञ्जाल हुन् । यसकारण जुन पार्टी पार्टी नै बन्न सकेका छैनन् तिनको विघटन हुनु स्वाभाविक हो ।
यसको अर्थ नयाँ बोटलमा पुरानै रक्सी राखेर अहिले ब्राण्डिङ गर्न खोजिएको राजनीति षड्यन्त्र पनि सफल हुने छैन । सिङ्गापुर, इटाली, कम्बोडिया, फिलिपिन्स, थाइल्यान्डका भ्रमण पश्चिमाहरूकै षड्यन्त्रका उपज हुन् । दलहरूको विघटनपछि केही समय राजनीतिक सङ्कट देखिए पनि एजेन्डा बिहिन अवस्था धेरै समय रहने छैन । त्यतिबेला एजेन्डामा लैजान दक्षिणपन्थी फासिबाद विरुद्ध बैचारिक संघर्ष चलाउनै पर्दछ । दक्षिणपन्थी फासिबाद नक्कली राष्ट्रबादको आवरणमा देखापर्दछ । केहि समय अगाडि एजेन्डा बिहिन रूपमा सेनाको सख्याको बहस गर्नेहरूनै दक्षिणपन्थी फासिबादिहरू हुन् । कोटपर्व र २०५८ जेष्ठ १९ को दरबारहत्याकाण्ड दक्षिणपन्थी फासिबादको हार्ड सैन्य कु थियोे । फ्रायडबादी बिपि काँग्रेस, एमाले, मसाले, मण्डले र पछिल्लो माओवादीको केन्द्र एउटै हो । अब यिनका मालिकहरूकै लागि यिनिहरूको औचित्य सकिएको छ । यसले जन्माउने केहि समयको लागि दक्षिणपन्थनै हो । त्यसलाई पश्चिमा फासिबादमा जान रोकेर एजेन्डामा प्रबेश गराउनु देशभक्तहरूको कर्तव्य हुनआउँछ । राजतन्त्रको बिस्थापनपछि अमेरिकी फासिबादको यात्रालिन खोज्दा कम्बोडियामा राजा नरोद्दम सिंहानुकको विस्थापन र अफगानिस्तानमा राजा जाहिर शाहको विस्थापनपछि पुरानो सेना विघटन भएको थियोे । समयमै जो जससँग सम्बन्धित छ उनीहरूलाई चेतना होस् ।
केपी ओलीको बडबडाहट
नक्कली भुटानी नागरिक प्रकरणदेखि बालुवाटारको ललिता निवास प्रकरणमा भ्रष्टाचार र फौजदारी अभियोगमा सार्वजनिक नभए पनि एमाले अध्यक्ष केपि ओलि जोडिएकोमा बिमती छैन । किनभने बालुवाटार ललिता निवास प्रकरणमा एमाले उपाध्यक्ष विष्णु पौडेल प्रत्यक्ष रूपमा जोडिएका छन् । यसको नसो केपी ओलीसम्म जोडिएको कुरामा सबै जानकार छन् । आफै २ पटक प्रधानमन्त्री र आफ्नै पार्टीको नेता २ पटक राष्ट्रपति हुँदा उनलाई दरबार हत्याकाण्डको छानविन गर्न केले रोकेको थियो ? उनी आफैं मदन भण्डारी हत्या षड्यन्त्र हो भनेर तत्कालीन समयमा उनकै नेतृत्वमा गठन भएको ओलि आयोग र पद्मरत्न तुलाधरको नेतृत्वमा गठन भएको तुलाधर आयोग जसले मदन भण्डारीको षड्यन्त्रपूर्वक हत्या भएको निश्कर्ष निकालेको थियो । उक्त निर्णय केपी ओली आफू २ पटक, माधव नेपाल एक पटक, झलनाथ खनाल एक पटक र मनमोहन अधिकारी एक पटक एमाले पार्टीबाटै प्रधानमन्त्री बन्दा किन कार्यान्वयन गरेनन् ? मदन भण्डारी हत्याकाण्डमा केपी ओलि र माधव नेपाल आफैं सम्लग्न भएरै छानविन नगरेको भन्दा के केपि ओलि र एमालेसँग जवाफ छ ? दरबार हत्याकाण्डको समयमा दरबारको सेनाले के हेरेका थिए ? गणतन्त्र घोषणापछिका सरकारले किन छानविन गरेनन् ? प्रपोगण्डा मात्रै गरिरहे ?
गोकुल बाँस्कोटाको ७० करोड प्रकारण, वाइडबडीलगायत भ्रष्टाचारमा नाङ्गो भएपछि अब उनी दरबार हत्या ब्यक्तिकेन्द्रीत गरेर आफ्नो कुरूप अनुहार ढाक्न खोज्नु पागल पन हो । पञ्चायतकालम जेलमा बसेर जेलका साथिहरूको गतिविधि सुराकी गरेको उनको इतिहास अहिले पनि छ । त्यो पनि सार्वजनिक हुन बाँकी छ । मर्ने बेलामा कमिलाको पखेटा आउँछ भनेजस्तै स्थितिमा रहेका ओलि आफ्नो हैसियतमा नबसे दर्दनाक अवस्था हुनेछ । एउटा देशीविदेशी जासुस प्रधानमन्त्री होस कि मन्त्री हैसियत जासुसकै हुन्छ । ओलि र उनका अन्धभक्तहरूले हेक्का राखुन् । उनलाई बदनाम कोरियन महिला मुनको होलिवाइनको नसाले अहिलेसम्म छोडन सकेको देखिदैन । भर्खरै कम्बोडियामा युनिफिकेशन चर्चको होलिवाइन क्रार्यक्रममा भागलिएर आएका उनलाई त्यसको नसाले नछोडेकोले होला उनको बोली र जड्याहाको अभिव्यक्तिमा तात्विक भिन्नता छैन । ओलिको अभिव्यक्ति लाई यसरीनै बुझ्दा हुन्छ । नेपालमा सबैभन्दा बढी जेलबस्ने झापा आन्दोलनका नेता मोहनचन्द्र अधिकारीले आफुलाई केपी ओलिले सुराकी गरेर गिरफ्तार गराएको कुरा मसँगको कुराकानीमा गर्नुभएको थियोे । त्यो रेकर्ड गरेर राखिएको छ । सबैलाई चेतना भया ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल