Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई व्यापारीको ट्रेडमार्कको लडाँइ

मोरङ । औधोगिक क्षेत्र भित्र स्थापना भएका उद्योगहरुले आफ्नो व्यवसाय इमान्दार पूर्वक संचालन नगर्दा विवादमा पर्ने ट्रेडमार्क चोरीको आरोप खेप्न बाध्य छन् । कमशल उत्पादनलाई गुणस्तरीय भनेर एकै प्रकारका बनस्पति तेल उत्पादन गर्ने बागमति आयल इन्डस्ट्री र पशुपति खाद्या तेल उद्योग बिच यति बेला लडाँइ चर्किएको छ । सरकारको राजस्व छलिमा परिचत यी दुवै उद्योगहरु मोरङ औधोगीक क्षेत्र भित्र चर्चित छन् । तर यीनले उपभोक्ता माथि गरेको ठगिको विरुद्ध उपभोक्ताबादी समूहहरु मौन रहनुको कारण भने आस्चर्य मानिएको छ । यी उद्योगहरुले लोगो डिजाइन र नाम समेत मिल्ने गरि आप्mनो उत्पादनलाई बजारमा पठाएका थिए ।

हेल्लो र सेल्लो नाम दिएका बनस्पति तेल अहिले बजारमा व्यापक भएको छ । तर उद्योग मालिकहरुको प्रतिष्ठाको विषय यहाँ जोडिएपछि उद्योग विभागले समेत निर्णय गर्न सकिरहेको छैन । बागमति आयलले ल्याएको सेलो ब्राण्डको सूर्यमुखि टेल र पशुपति टेलले ल्याएको हेलो ब्राण्डको तेलको गुणस्तरको बारेमा सरकार समेत मौन छ । ०५९ सालमा सेलो ट्रेडमार्क उद्योगमा दर्ता गरेर बजारमा आएको बागमति आयल र पशुपति आयल बिचको लडाइलाई लिएर प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगढ समेत चासो लिने गरेका छन् ।

किनकी दुगढको विद्युत महशुल नबुझाइ सत्ताको नजिक पुगेको सारडा ग्रुपसँग सम्बन्ध रहेको छ । कम्पनिहरुले एक अर्काको ट्र्डमार्क चोरी गर्नुलाई औधोगीक अपराधको रुपमा लिइए पनि नेपालमा प्रशासनीक सम्यन्त्रलाई रकम खुवाएपछि उम्कने प्रवृत्ति रहेकोले यस्ता समस्याहरु औधोगीक क्षेत्र भित्र बढिरहेका हुन् । यी दुवै कम्पनिहरुले पलास्टिक प्याक र बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएका छन् । देख्दा यी दुवै कम्पनीका बोटल र प्याक देख्दा उस्तै छन् । उपभोक्ताले गुणस्तरको ख्याल गर्ने की उत्पादन कम्पनिको मनपरि सहने ?