Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नबिल बैंकको नाफा साढे ७ अर्ब

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन, अघिल्लो आवको तुलनामा ७६‍‍‍.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बै‌कले ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढ्दा नाफा बढेको छ ।
यो अवधिमा खुद ब्याज आम्दानी ९ अर्ब ९१ करोड ८८ लाख ७१ हजार रुपैयाँबाट बढेर १७ अर्ब ९८ करोड ३२ लाख ११ हजार रुपैयाँ पुगेको छ । बैंकको संचालन नाफा ७५.३७ प्रतिशतले बढेर ११ अर्ब १ करोड ६० लाख १० हजार रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड १० लाख ९९ हजार रुपैयाँ रहेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १४.६३ प्रतिशत रहेको छ । २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ रहेको छ ।
३ खर्ब ९६ अर्ब ८४ करोड ३४ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ३२ अर्ब ६९ करोड ८८ लाख ५४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १‍.२३ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ६८ पैसा रहेको छ ।


सम्बन्धित समाचार