Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अहिलेका सांसद र ठूला नेताले राज्य दोहन कसरी गरेका छन् भन्ने कुरा तिनले प्राकृतिक स्रोतको दोहन गरेको नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन जस्ता जिल्लामा देखिन्छ । तस्करहरू आफू बच्न काँग्रेस र नेकपाको नेता तथा सांसदहरूलाई पार्टनर राखेका छन् । ललितपुरमै सांसद र नेताको संरक्षणमा चलेका ढुंगा खानीले झल्काउँछ । संसदको प्राकृतिक स्रोत समितिलाई चासो छैन । त्यस्ता समितिमा ठेकेदार सांसद छन् । ठूला भवन, सडक, जलविद्युत आयोजनाका लागि स्थानीय तहलेको कर उठाएर ढुंगा, गिटी, बालुवा ठेक्का दिन्छन् । कतिले देखावटी ठेक्का दियो जनप्रतिनिधि तथा सांसदलाई शेयर दियो लुट्यो गरेकै छन् । नेपाल प्रहरी यस्ता उद्योगका अगाडि सागपात हुन्छन् । प्रहरीले ट्रक, ट्याक्टर चालकसँग मासिक र हप्ता उठाएको कुरा काभ्रेको घटनाले देखाएको छ ।
प्रहरीले कारबाही कसलाई गर्ने ? यसैबीच, प्राप्त समाचारअनुसार जापानी सहयोग संस्था जाइकाले रु १७ अर्ब लगानी गर्ने तयारी गरेको थानकोट नौबिसे सुरुङ मार्ग सम्पन्न गर्न धादिङका प्रदेश सांसद र मन्त्री शालिकराम कमकट्टेल बाधक बन्दैछन् । सरकारले काठमाडौंतर्फको जग्गा मुआब्जा दिइसकेको छ । उनीहरूले धादिङतर्फको भिरालो जग्गामा पनि काठमाडौंकै प्रवेशद्वार थानकोटको जस्तै प्रतिआना रु ७ लाख देखि ९ लाखसम्म मुआब्जा दिनुपर्छ भन्दै जनता भड्काएका छन् । धादिङ तर्फको जग्गाको मुआब्जा रोकिँदा जाइकाको टोली हैरान परेको छ । थानकोट, नौबिसे क्षेत्रमा सडक विस्तारका लागि विश्व बैंकले अर्को रु ९ अर्ब ऋण दिँदैछ । भौतिक पूर्वाधारको लागि देशको बजेटले नधान्दा सरकार ठूला प्रोजेक्टका दाताको खोजी गर्छ ।
देशको बजेट हिउँदभर चुपचाप बस्यो जब असार लाग्छ अनि नेता र मन्त्रीको पहुँचमा पहुँच नभएका सांसद जिल्लाको बजेट खोस्यो कार्यकर्ता पाल्यो खल्ती भ¥यो । कम्युनिष्ट पार्टीको काम यस्तै लूट मच्चाउने हो भन्ने तथ्य यस पटकको असारे खर्चले देखाएको छ । सांसदले सरकारको रातो किताव च्यात्ने, पोल्ने गर्नु पर्नाको कारण कम्युनिष्ट पार्टीमा मानिने समानता भेदभावरहित व्यवहार हुन्न भन्ने भ्रम अब रहेन । शालिकराम जमकट्टेल जस्ता नेताले नै जनता भड्काएर आफ्नै पार्टीको सरकारलाई अप्ठ्यारो पार्छन् भन्ने सुन्नु परेको छ । मजदुर नेताका रुपमा स्थापित जमकट्टेलका धादिङमा क्रसर उद्योग र बालुवा खानीमा लगानी छ भन्दा पत्याउने कि नपत्याउने ? संयोगवश संविधानसभाको पहिलो चुनावमा एमालेका डन राजेन्द्र पाण्डेलाई तह लगाएका जमकट्टेल र राजेन्द्र अहिले प्रदेश सभामा छन् । मुख्यमन्त्रीको दाबी गरेका पाण्डेले मन्त्री पनि पाएनन्, जमकट्टेलले मन्त्री पड्काएका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल