Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेता छान्न पत्रकारहरु राजधानीमा

काठमाण्डौ । देशभरका कलमजीबीहरुको नेतृत्व गर्ने नेपाल पत्रकार महासङ्घका अगुवाहरु संघिय राजधानी काठमाण्डौमा भेला भएका छन् । आज राष्ट्रिय सभा गृहमा महासंघको २६ औँ महाधिबेशनको तयारीका निम्ति यो भेला आयोजना गरिएको हो । भेलामा सातै प्रदेशका पदाधिकारी ७७ जिल्लाका पदाधिकारी एसोसीएट र कर्पाेरेट शाखाका पदाधिकारी निवर्तमान केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको यो भेलामा सहभागीता रहने छ ।

यस पटक सधारण सभा भएको महिना दिन भित्र केन्द्र, प्रदेश, जिल्ला एसोसीएट शाखाको नेतृत्व चैन हुने प्रबधान रहेकोले पत्रकारहरु भाबी नेतृत्वमा पुग्न चहलपहल गर्र्दैछन् । साना लगानीका पत्रपत्रिकाको रक्षा भन्दा साहुजी पत्रकारिता जागेको बेला महासंघको काग्रेस कम्युनिष्ट नेतृत्वले दिलाउने पुरस्कारमा समेत गडबडी गरिसकेको छ । पत्रकार भन्दा एन जी ओ बादीहरुलाई माया गर्ने अध्यक्ष र महासचिव भएको बेला हुने यस्तै हो । अझ महासंघले शाही प्रतिगमनको पक्षधर टोलीलाई पुरस्कृत गरेको भए आम पत्रकारहरुले आश्चर्य मान्ने थिए ।

किनकी गणतान्त्रीक नेपालमा इश्वर पोख्रेलहरुको टोलीले शाही कदमका पक्षधर पत्रकारहरुलाई पदक तथा विभूषण दिलाउदा प्रमका प्रेस सल्लाहाकार, न्यूनतम पारिश्रमीक निर्धारण समितीका अध्यक्ष प्रस काउन्सील हेरेका हेरै भएको विगत छ । महासंघको बर्तमान नेतृत्व कति पत्रकारमुखि छ भन्ने कुरा जेष्ठ पत्रकार सम्मान वृती प्रेस स्वतन्त्रता सेनानी छनौट प्रकृयाबाट पनि देखिने छ । किनकी पत्रकार महासंघ, नेपाल सरकार, प्रेस काउन्सिलले दिने पुरस्कारहरु पुर्व मण्डले काग्रेस, एमाले र जनयुद्धमा सहभागी भएका माओवादी निकट पत्रकारहरुले मात्र पाउनु पर्छ अरुले पाउनु हुन्न भन्ने ठुला क्रान्तिकारीका कुरा सुन्ने अध्यक्ष गोविन्द आर्चाय छदैछन् । आर्चाय कति सफल भए वा प्रेस युुिनयनको पेन्डुरा बनेबापत पार्टीलाई कति गुण लगाए त्यसको समिक्षा अब हुनेछ । अहिले प्रेस नेपाल खण्डीत छ ।

 

तर टुक्रीएको भने छैन । बामपन्थी पत्रकारहरुको नेतृत्व हुँदा पेशागत काम पनि भएका थिए । युनियनबाट यस्ता काम हुदैनन् भन्ने कुरा २४ वर्षसम्म युनियनका ठालूहरु सभापति हुदा महासंघको भवन त बनेन श्रमजीवी पत्रकार र जेष्ठ पत्रकारहरुको सम्मान होस् कसरी ? अबको महिना दिन भित्र २६ औँ महाधिबेशनको नेतृत्व तयार गर्ने अवस्थामा बामपन्थी पत्रकारहरुले पदको लडाई होईन विचार, प्रतिष्ठा, प्रतिबद्धता र निष्ठा जोगाउने तर्फ लाउनु बेश हुनेछ । यहाँ प्रम ओली र प्रचण्डको जुगाको लडाइ देखिनु हुदैन खबरदार !