Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि तीन निर्णय भएका छन् । नेपालमा जलविद्युतमा लगानी गर्ने, बंगलादेश विद्युत निर्यात गर्ने र दुई देशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको हो ।
शुक्रबार ढाकामा सम्पन्न ‘संयुक्त ऊर्जा संयन्त्रको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे र बंगलादेशका ऊर्जा सचिवको नेतृत्वमा रहेको समितिबीच उक्त सहमति भएको हो । बंगलादेशसम्म प्रसारण लाइन निर्माण, परियोजना छनोट र वैकल्पिक ऊर्जामा सहकार्यबारे निर्णय भएको ऊर्जा सचिव घिमिरेले जानकारी दिए ।
त्यसका लागि ऊर्जा मन्त्रालयले श्वेतपत्रमा उल्लेख गरेका २० जलविद्युत् आयोजनालाई प्राथमिकीकरण गर्न संयुक्त प्राविधि समिति बनाइएको छ । समितिले तीन महिनाभित्र प्राथमिकीकरणका आधारमा परियोजना छनोटसहितको प्रतिवेदन ‘ज्वइन्ट स्टेरिङ कमिटीमा पेस गर्नेछ । यसैगरी आगामी दिनमा बन्ने ठूला आयोजनाको विद्युत् बंगलादेश पु¥याउन भारत हुँदै बंगलादेशसम्म प्रसारण लाइन बनाउने सहमति पनि ऊर्जा संयन्त्रले गरेको छ । तत्काल भारतको संरचना प्रयोग गर्ने र भविष्यमा बन्ने आयोजना भारतको भूमि हुँदै बांगलादेशसम्म प्रसारण लाइन बनाउने सहमति भएको हो ।
त्यसैगरी, नेपालको बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बंगलादेशको सेडाबीच सहकार्य हुने भएको छ । वैकल्पिक ऊर्जा क्षेत्रमा बंगलादेशका अनुभव र नेपालमा बायोग्यासलगायतका अनुभव आदानप्रदान एवं सहकार्यका लागि संयन्त्र बनाउने निर्णय भएको हो ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल