Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय विजनेश एक्सिलेन्स कन्फरेन्स सम्पन्न भएको छ ।
चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स “पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो ।
उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक कृष्ण राज लामिछाने , शक्ति कुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको समुद्घाटन गरेका थिए ।
सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई हृदयदेखि धन्यवाद ज्ञापन गरे ।
आगामी दिन थप चुनौतिपूर्ण हुने हुदा थप जोश र जाँगरका साथ कार्यसम्पादन गर्न आग्रह गरे ।
सम्मेलनमा बोल्दै संचालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीहरुले गत आवामागरेको योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । हरेक मान्छेले आफ्नो भ्याल्यु क्रिएशनमा जोड दिन पर्ने सारगर्वित विचार व्यक्त गरे । मान्छे जति राप र ताप आफुलाई अभ्यस्त बनाउछ त्यति नै मान्छे निखारिन्छ र त्यसले मान्छेलाई परिपक्व बनाउने कुरा जनाए ।
सम्मेलनमा बोल्दै संचालक शक्ति कुमार गोल्यानले कर्मचारीहरुको मनोबललाई उच्च राख्न संचालक समितिले सदैव साथ दिने जानकारी दिए । आउने समय त्यति सहज नहुने हुँदा त्यसका लागि पुर्व तयारी गरि कार्यसम्पादन गर्न उनले अनुरोध गरे। प्रविधिको उच्चतम प्रयोग गर्दै कम्पनीको काम कारवाहीलाई थप सहज, सरल, चुस्त र दुरुस्त बनाउन कम्पनीले कार्य आरम्भ गरिसकेको जनाए ।
सम्मेलनमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारीहरुलाई गत आबको कार्यसम्पादनको लागि धन्यवाद र चालु आबको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८०÷८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए ।
हाल कार्यरत प्रादेशिक प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरुबाट सवै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०७९८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल