Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लामो समयको बोलचाल बन्द पछि प्रधानमन्त्री केपि ओली आफ्नै कारण पार्टी विभाजन र पदबाट हट्नु पर्ने बाध्यतामा परेपछि बरिष्ठ नेता माधव नेपाललाई सम्झन पुगेका छन् । ओलीलाई यो स्थितिमा पर्याउने हनुमानहरुपनि सत्ताबाट हट्नु पर्ने परिस्थिति सिर्जना भएपछि पार्टी विभाजनबाट बचाउन दौडधुप गरिरहेका छन् । यो दौडमा अर्थ मन्त्री विष्णु पौडेल संसदीय दलका उपनेता सुवास नेवाङ रहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोन सम्वाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका हुन् । उहाँ केपी ओलीले टेलिफोन गरेर छलफल गरौं भन्नुभयो । सुवास नेम्वाङले भने माधव कमरेडले दुई घण्टापछि कुरा गरौंला भन्नुभएको छ । ओलीले कुराकानी गरेर अगाडि बढ्ने प्रस्ताव राखेको पनि नेम्वाङले बताएका छन् । आजै बालुवाटारमा बसेको बैठकले नेता नेपाल सहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । गएको १६ र २० वैशाखमा चार नेतालाई ६ महिनासम्म निलम्बन गरिएको पत्र ओलीले थमाएका थिए । तर स्थायी कमिटी बैठक राखेर कारबाही फुकुवाको निर्णय गरेको छ ।
बैठकले ओलीलाई नेता नेपालसँग सम्वाद गर्ने र सहमति गर्ने थप अधिकार पनि दिएको छ । नेम्वाङका अनुसार राजनीतिक परिस्थितिति हेरेर माधव कमरेडहरुसँग छलफल र वार्ता गर्नेदेखि अरु दलसँग छलफल गर्नेसम्मको अधिकार दिएको छ । २७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको संयुक्त सरकारका निम्ति दिएको समय आजै सकिदैछ ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल