Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। गएराति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। घरमा एक्ले सुतेको बेला राति १ बजे धारिलो हतियार प्रहार गरी उनको हत्या भएको हो। घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट डीआईजी यज्ञविनोद पोखरेल, जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहसहितको टोली पुगेको छ। घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन, डीएसपी श्रेष्ठका अनुसार तालिम प्राप्त कुकुरसहितको टोली प्रदेश प्रहरी कार्यालयबाट पनि आएको छ। हामी घटनास्थलमै छौँ। प्रहरीले मुचुल्का उठाएर शवलाई सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल