Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व डिआईजी खरेलको चर्को विरोधः जसलाई गालीले नै गलाउँछ

काठमाडौं । आफू आउँदा मोइ छैन, ग्लाला पठाउ दूध दिउला भन्ने गाउँले उखान पूर्व प्रहरी डिआईजी रमेश खरेलको व्यवहार ठ्याक्कै मिल्छ । आफू एसएसपीको दर्जामा रहँदा काठमाडौंको टोले गुण्डा र डन तह लगाएको गर्व गर्ने खरेलमा प्रचार फोबिया थियो । उनले नारायणीको वीरगञ्ज कमाण्ड गर्दा श्रीमतीलाई सुचक बनाएर २० लाख खाएको बताउँछन् । तस्करसँग मिलेको भए रु २० करोड कमाई हुन्थ्यो । देशको राजश्व गुम्थ्यो भन्ने खरेल बागमती अञ्चल कार्यालयको इञ्चार्ज हुँदा सुन तस्करसँग मिलेका कारण उनको कमाण्डको प्रहरीले कहिल्यै सुन पक्रेन । बरु अपराध अनुसन्धान शाखाले कोटेश्वरबाट ९ किलो, बौद्ध फुलबारीबाट ६ किलो सुन समात्यो । तर खरेलको कार्यक्षमतामा सुन पक्राउ परेन । काठमाडौंका डन दिनेश अधिकारी चरी एमाले नेताहरू केपी ओली, वामदेव गौतमको पावर द्वन्द्वमा मारिए । त्यो बेला पुस्कर कार्की काठमाडौंको नेतृत्व गर्थे भने सर्वेन्द्र खनाल अपराधमा छँदा अर्जुन नरसिंह केसी, जगदिशनरसिंहका आम्दानीका श्रोत कुमार घैंटे मारिएका हुन् ।
अभियन्ता पुन्य प्रसाई भन्छन्, रमेश खरेल प्यादा हो । ऊ आफैं तस्करसँग मिलेर खान्थ्यो । सुन तस्करसँग खरेलको मिलाप थियो । खरेल लिच्चड नै हो । नेतृत्व गर्ने क्षमता होइन । जसरी पनि सांसद बन्ने उसको योजना हो । रिसाह नम्बर वान हो । आवेशमा आउने मान्छेले नेतृत्व गर्न सक्दैन । प्रहरी हुँदा हिरासतमा मान्छे कुटेर मारेको हो । होटलमा खाएको पैसा तिर्दैैन । खरेललाई कसैले प्रयोग गरेका हुन् । टेलिभिजनमा उनले करप्सनका बारेमा बोल्छु भन्नु नाटक हो । प्रहरीमा रमेश खरेल, सर्वेन्द्र खनाल, पुस्कर कार्की एकै ब्याजी भएर निस्के । यिनलाई भन्नेले व्यवसायी भने । तर सर्वेन्द्र खनाल वरिष्ठताका आधरमा डिआईजीबाट आईजीपी बनाउँदा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार थियो । तर खरेलले डिआईजीबाट राजीनामा दिएका थिए । आफू भए ठिक अर्को हुँदा आक्रोश प्रकट गरेर हिँडेका खरेललाई आईजीपीको नाताले खनालले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए, उनले मानेनन् । पुष्कार कार्की एआईजीके कमाण्डमा तालिम केन्द्र र सिआईबीको नेतृत्व समालेर अवकाश लिए । सर्वेन्द्र खनाल आईजीपीबाट अवकाश लिएर एमालेको उम्मेवदार बन्दै अहिले काठमाडौं कहिले तनहुँमा चुनाव लडे, पछारिए । यिनै खरेल पनि रास्वपाबाट बारा क्षेत्र नं. २ मा सांसद पदमा उम्मेदवार भएका हुन् तर जमानत बचेन । खरेल र सर्वेन्द्र कस्ता बेलामा चुनाव लडेर अर्का डिआईजी नवराज सिलवाल कस्तो बेलामा एमालेको उम्मेदवार बनेर जिते तिनले ख्याल गरेनन् । खरेल थोकका खरेल प्रहरी सेवामा रहँदा कति कमाए ? उनको बानेश्वर वरपरका ४ घर कसरी बनेछन् ? रमेश खरेल प्रचारमा रमाउँदा वीरगञ्ज क्षेत्रमा सिभिल ड्रेसमा भन्सार छलेर सामान भिœयाउने गरेकै हुन् । प्रहरीमा रमेश खरेल आफू डमी बनेर जति लुटे उनको त्यो पौरख चर्चा योग्य नै छ । प्रम केपी ओली ट्रङ्क लाइन विद्युत महसुल तिराउनु पर्नेमा उद्योगीहरूकै पक्ष लिएर कुलमानको झ्याको झार्दा जति फुर्तिला थिए आज छैनन् । ओलीले त्रिविवि सभाबाट नीतिगत निर्णय गर्न उपकुलपतिलाई दिएनन् । कुलमान हटाउन संसदको सार्वजनिक लेखा समितिका सभापतिलाई तिनै विद्युत ठगहरूले पत्राचार गरेको योजना लिलएर बैठकमा पठाइयो । रमेश खरेललाई तिनै उद्योगी पशुपति मुरारका र प्रदीप अग्रवालहरूको हण्डीले काम गरेका हुन सक्छन् । उनको विरुद्ध सामाजिक सञ्जालका भित्ता भरिँदा एक्लै सडकमा हिँड्न समेत कठिन हुँदैछ । जागिर अवधिभर राप्रपा र दरबार निकटका भनिएका रमेश रखेल, सर्वेन्द्र खनाल, नवराज सिलवालको छलाङ बेला बखत चर्चामा आउँछ । केपी ओलीले ०७४ को चुनावले दिएको साथ बचाएनन् । उनले देशमा लकडाउन भएका बेला जसपाका सांसद जनकपुरबाट अपहरण गरी नागपखेरीको तारे होटलमा बन्धक बनाउँदा तिनै सर्वेन्द्र खनाल, महेश बस्नेत, किसान श्रेष्ठलाई प्रयोग गरेका थिए । प्रहरीका लागि ऐन, नियम भन्दा भ्रष्टाचार गर्ने तस्करसँग मिल्नेलाई शक्तिशाली मानिन्छ । त्यो बेलाको प्रहरी हर्कतका नमूना हुन् सिलवाल, खरेल र खनाल । अहिले रमेशले विद्युतका कार्यकारी कुलमानका विरुद्ध अख्तियार जाँदा कसको आदेशमा चले ? उनको लुटमा तत्काल को को प्रहरी साक्षी थिए ? खोतल्ने समय आएछ आफू आउँदा मोइ छैन ग्वाला पठाइदे भने जस्तै हुँदैछ खरेलको सक्रियता । जसको पछाडि राजनीतिक शक्ति, पहुँच छ उसले फुर्ति लगाउछ । हिजोका रास्वपाका जाने बुझेका रवि लामिछानेको सहकारी ठगी प्रकरण र पासपोर्ट काण्ड त रमेशले हेक्का राखेकै होलान् ।


सम्बन्धित समाचार