Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डका योजना जताततै भत्के

काठमाण्डौ । पार्टी एकता गर्दा कार्यकर्ताको भावना बुझ्नु परेन । जनयुद्धको विरासतलाई स्कच र हुस्कीमा डूवाएको त्यो जमात आफ्नो गुट भन्दा पर देखेन । कृष्ण महरा तरुनी काण्डमा परे । प्रधानमन्त्री केपि ओलीको डिजाइनले उनलाई डूवायो । पदिय गरिमा नबुझ्ने सबैतिर आफै विज्ञको रुपमा प्रमओली झै प्रस्तुत हुँदा माओवादीले जनयुद्ध त्यागेर शान्ती वार्तामा आएको ३३ वर्षमै ध्वस्त भयो ।

केपि ओली जस्तो धुर्त षड्यन्त्र रच्न सक्ने पैसाका लागि देशको सम्पदा भारतलाई सुम्पेका एमालेसँग सिद्दान्त नीति विचार र पद्दत्तिमा ख्याल नगरि पार्टी एकता गर्दाको फल अहिले प्रचण्ड खादै छन् । उनका लागि सत्ता बरु ओलीले सहज रुपमा दिन सक्थे । पार्टी एकताको शुरुवातमा भारतीय दलाल तत्कालीन दरबारका एजेण्ट इश्वर पोख्रेलले विरोध जनाए । एमालेको निर्वाचित महासचिव तीनै थिए । उनले पार्टी एकता पछि इगो साधे । भ्रष्टचारमा शिरोमणी पद पाएका पोख्रेलको टीमले पदक तथा विभूषण पनि बेच्यो । माओवादीका नालायक राम बहादुर थापाको कार्यक्षेत्र खोसेर पद लिएका पोख्रेलले थामसेर्कूलाई अगाडि सारेर देश लुटे । कोरोना कहरको फाइदा पनि उनैले लिए ।
प्रचण्ड पार्टी अध्यक्षको नाउँमा वुख्याँचा बन्ने गरि एमालेसँग पार्टी एकता गरेर दंग भए । राज्यबाट पाउने सेवा सुविधा चैतेले पाएका छन् । सरकारबाट पाउने कुनै सेवा सुविधा इमान्दार कार्यकर्ताले पाएनन् । भाषण मात्र चर्काे गरेर जनताले पत्याउदैन । माओवादी र एमाले मात्र होइन काग्रेसको टीमको चरित्र उस्तै छ । ठेकदारको घरमा बसेर राज्यसँग सडक बनाउने नाममा राज्यकोषबाट पैसा लग्यो काम नगरे पनि भएको छ । मोहन बैद्यको लुते सिद्दान्त पनि अहिले पच्दैन । नेत्र विक्रम चन्दको क्रान्तिकारीता पनि छर्लङ्ग भयो । प्रचण्डको टीम भ्रष्ट छ । नारायणकाजी कम्बल ओढेर ध्यू खाने हुन् । जनार्दन, हरिबोल, वर्षमानको चाल जनताले देख्यो । माओवादी प्रतिको विश्वास गुम्दा प्रधानमन्त्री केपि ओलीले खडा गरेका तार फडकन प्रचण्डले सकेनन । उनले अदालतले फुटाएको पार्टी जुटाउन खोज्दा सफल भएनन् । ओलीले प्रचण्डलाई मात्र होइन माधव नेपाललाई समेत एमालेबाट खेदेको धेरै भएको छैन ।

कार्यकर्तासँग लेवि उठाएर हसुर्ने क्रान्तिकारीका योजना जताततै भत्कन्छन् । अहिले ५४ जना सांसद भएको पार्टीबाट ओली सत्ता जिन्दाबाद भन्ने राम बहादुरहरुलाई सांसद पदबाट हटाउनु सट्टा ५ दिन भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने टयाँउ टयाँउ गर्न माओवादी बाध्य हुदैछ किन ? जनताले यहाँ शंका गर्छ । जनता र कार्यकर्ता माथी अपराध गर्दाको फल केपि ओलीले प्रचण्डलाई खुवाएका छन् । एमालेकै माधव नेपाल झलनाथ खनाललाई शत्रुता दर्शाउने केपि ओलीसँग प्रचण्डको नत विचारमा छलफल भयो नत सिद्दान्त र नीतिमा । यसको उपलब्धी नै अहिले अदालत धाउदा गर्व गर्नुपर्ने अवस्था आएको हो । नेताले बाटो बिराउदा देश भत्कन्छ नेताका योजना समेत भत्कने कुरा यस पटक देखियो । जुनबेला संघियता र गणतन्त्र नै जनहित विपरित प्रयोग हुदैछ । प्रम ओलीको टीम बहुमतको सरकार टीकाउने दाउपेजमा लागिरहेको छ ।