Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेतृत्व हस्तान्तरणको बहसले माओवादीभित्र ठूलै खैलाबैला मच्चिएका बेला प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व टीका लगाएर हस्तान्तरण गर्ने कुरा नभएको बताएका छन् । आइतबार प्रेस सेन्टर नेपाल बाँकेले नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर मात्रै नेतृत्व हस्तान्तरण गर्न सकिने जिकिर गरे । उनले नेतृत्व टीका लगाएर दिइने कुरा नभएको जिकिर गरे । आफूले पार्टीको नेतृत्व गरेको ३५(३६ वर्ष पुगिसकेको उल्लेख गर्दै उनले नेतृत्वमा बसिरहने रहर नभएको बताए । पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैं म मात्रै नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ, उनले भने, पार्टीको आवश्यकता, साथीहरूको जोडबल र जनभावनाले गर्दा ३५–३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु । पार्टी नेता कार्यकर्ताबाट आफूलाई नै पार्टीको नेतृत्व निरन्तर गर्न दबाब आएको प्रचण्डले उल्लेख गरे । मुलुकका लागि आफू नेतृत्वको सरकारले असाधारण काम गरेकाले हटाइएको जिकिर पनि उनले गरेका छन् । प्रचण्डले अहिलेको सरकार बिचौलियाल नै बनाएको आरोप लगाएका छन् । उनले संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छाविपरीत काम गरिरहेकोसमेत बताए । प्रचण्डले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै अहिले माओवादी नै नयाँ शक्ति भएको दाबी गरे । दाहालले माओवादी फुट्छ भन्ने हल्ला निराधार भएको दाबी गर्दै अब झन् एकढिक्का भएको बताए । समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लगेर टुटफुट भएका माओवादी घटकसँग एकता अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिए । अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको दाहालले बताए । सरकारमा जानुभन्दा पार्टी निर्माणमा लागिरहेका छौँ, उनले भने, अब चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढीकरण गरेर लैजान्छौँ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल