Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भगवती हाइड्रोमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन हो ।
कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले निष्कासन गरेको ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेको छ भने ४२ हजार कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।
१७ हजार १६२ कित्ता सेयर कम्पनीका कर्मचारीलाई दिएको छ । बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

 


सम्बन्धित समाचार