Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई आक्रमणगर्ने तिनजनालाई ज्यानमार्ने उद्दोगको मुद्धा दर्ता

बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ । एमाले प्रदेश कमिटी सदस्यमाथि चिकित्सक र नर्सहरू कुटपिटको आरोप, काँग्रेसद्वारा कारवाहीको माग ा मन्त्रालयले भन्यो –स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारवाही होस स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारवाही गर्न उपप्रधानमन्त्रीको निर्देशन ा भेरी अस्पताल आक्रमण कालो दिनको घोषणा गर्दै कालोपट्टी बाँधेर काम गर्न आग्रह ा भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न देउवाको माग f स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध जनार्दन शर्मा ा सरकारी चिकित्सक संघद्वारा भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग ा चिकित्सकमाथि आक्रमण गर्नेलाई प्रचण्डले गरे कारवाहीको माग ा डाक्टर र नर्सहरुमाथि आक्रमण निन्दनीय कार्य बालकृष्ण खाण आरोपीहरु बिरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र धानुकले रातोपाटीलाई बताए । उनले भने ‘आक्रमणको नेतृत्व मानबहादुर रावतले गरेको देखिन्छ, बाँके प्रहरीले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।’ प्रहरीले उनीहरुको पुरानो अपराधिक तथ्यांक पनि खोजिरहेको छ ।