Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाजनप्रथाविरुद्ध उर्लियो जनमत

देश बनाउने भन्दै गर्दा काँग्रेस र कम्युनिष्टले पञ्चायतको शासन जस्तै अवधिमा के कति गरे ? ०४६ सम्मका झुत्रे र चप्पल कान्छाहरूले १४ वर्ष बहुदल, १६ वर्ष गणतन्त्रको फल खाए । देशमा वैदेशिक ऋण बढाए, आफ्नो सम्पत्ति बढाए, शिशाका महल, प्राडो, पजेरोमा रमाए । जनतालाई बुर्जुवा शिक्षा विरुद्ध विद्रोह गर्न उक्साए । क्रान्तिकारी नेता नेत्रविक्रम चन्द र देव गुरुङले निजी कलेजमा आफ्ना छोरा सित्तैमा डाक्टर पढाए । जनवादी शिक्षा यही हो, जहाँ गरिबको नाममा आफैं कमाए ।
सर्वहारावर्गको हित जनताको कल्याण शोषित–पीडित जनताको मुक्ति भनेकै यही हो । जहाँ देव गुरुङ, नेत्रविक्रम चन्द जस्ता क्रान्तिकारी प्रमाण हुन् । नेता जनताभन्दा आफ्नो स्वार्थले यस्तो काम गर्ने साहस बढेपछि माओवादीमा प्रवेश भएको अहंकार, दम्ब झन् बढेकै छ । पार्टी सरकारको जुनसुकै तहमा होस्, जनता भक्त जिम्मेवारी बहन गर्दैन भने त्यसको संगठन टिकाउन र यस्ता भष्मासुर वा शहर बजारका मजदूरले माओवादी होस् या काँग्रेस र एमालेप्रति दया देखाउनै पर्दैन । आफूलाई परिवर्तनको बाहक भन्ने माओवादीलाई अस्तित्व बचाउन उपचुनावमा तनहुँ चितवन र बाराका जनताले लोप्पा दिए । महाराज शैलीमा चल्दै आएका माओवादी नेताहरू सम्मानका पात्र बन्न सकेनन् । नेकपाको विभाजन केपी ओलीको हुकुममा जनताले एमालेको विदेशी शक्तिसँग मिलेर व्यवस्थामाथि नै प्रहार गर्ने कम्युनिष्ट बचाउन पनि चाहेनन् । कम्युनिष्का प्रम र राष्ट्रपति बन्दा कस्तो रवैया प्रदर्शन गर्छन् त्यसको नमूना ओलीका ४१ महिना, विद्या भण्डारीको २ कार्यकालको राष्ट्रपति पद नै प्रमाण छन् । काँग्रेसका खुदखोर डा. रामवरण यादवको राष्ट्र धुतेको व्यवहारले जनतामा यिनका उम्मेदवार र नेताप्रति समर्थन जुटेन ।
कम्युनिष्टहरू कति नांगिए भन्ने कुरा ओली शासनको हुकाम, ओम्नी, बतास, थामसेर्कुप्रतिको सरकारी लचकता साक्षी छ । प्रधानमन्त्रीले भ्रष्टाचारीलाई जोगाएको वाइडबडी भुक्तानी र ७० करोडको लेनदेन अडियो प्रमाण हो । सेक्युरिटी प्रेस काण्डमा भएको भ्रष्टाचारविरुद्ध अख्तियार अहिले विशेष अदालतमा गएको छ । त्यस्तै अडियो सार्वजनिक हुँदा रास्वपाले डा. ढाकाकुमारको सांसद सदस्य पद खोस्यो । साधारण सदस्यबाट हटायो । केपीले ईश्वर पोखरेल, विष्णु पौडेलहरूको संरक्षण गराए । केपी भ्रष्टाचारप्रति कति उदार छन् त्यो छर्लङ्ग बनायो । रवि लामिछानेले संचारकर्मी भएका बेला चलाएको सञ्चार आतंकको पोल स्वास्थ्य माफिया दुर्गा प्रसाईले खोलेकै छन् । तर प्रसाई आफैं ठग भएकाले उनको बोलीको अर्थ भएन । एमालेले बारा २, तनहुँ १, चितवन २ मा उम्मेदवार बनाएका अनुहारमध्ये विवादमा आएकै हुन् । जसले आईजीपी पदबाट अवकाश पाएको ५ महिनाभित्रै संसद अहपरण काण्डमा सहभागी भए ।
मानव अपहरण काण्डको कानुन प्रयोगमा आउँथ्यो भने सर्वेन्द्र खनाल, महेस बस्नेत, किसान श्रेष्ठ सजायँको भागिदार बनेका हुन्थे । उनीहरूको संसद पद त्यो बेला जान्थ्यो । संसदको टिकट पाउने अवस्था हुने थिएन । कम्युनिष्ट राजनीतिको यो लज्जा कम रोचक होइन । कम्युनिष्ट नेतृत्वको वामपन्थी काम गर्ने ढंग पुगेन होला माओवादीका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको जस्तो भष्मासुर रवैया देखाएका छैनन् । यद्यपि माओवादीमा महरा काण्ड चर्चित हो । जनार्दन शर्माले अर्थमन्त्री बन्दा कस्तो रवैया गरे सबैले थाहा पाए । त्यो मन्त्रालय कृष्णबहादुर महरा, वर्षमान पुनले पनि चलाए । तर धनार्जन शर्माले झैं सीसी टिभीमा मुसा छिरेन ।
क्रान्तिकारी त केपीका दलाल डा. युवराज खतिवडाले पनि जनता मारेर मारवाडी पोस्दा धनार्जनको जस्तो हल्ली खल्ली भएन । चुनावमा यस्ता पौरखीका कामको खोजी हुँदैन । सतहमा आएको रवि लामिछानेको पार्टीलाई मरिमेटेर जसले विरोध गरे पनि जनताको निर्णय परिवर्तन हुने भएन । किनकि मान्छे जस्ता उठाए पनि पुराना रैथानेहरूप्रति जनताको साथ रहेन । लोकतन्त्रको १६ वर्ष माओवादी आफ्नै एजेन्डामा हरायो । नेकाँ भन्दा पनि एमाले लुट्नमै रमाएको शक्ति हो । देशमा अशान्ति चर्काउने उपलब्धीमाथि प्रहार गर्ने काम एमालेको ओली पथले गरेै कारण एमालेप्रतिको मोह मानव अहपरण काण्डतर्फको क्रमभंग हुनेछ ।


सम्बन्धित समाचार