Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । महालक्ष्मी विकास बैंक र पाँच संस्थाबीच सहकार्यका लागि सम्झौता भएको छ । बैंकले स्वास्थ्य र होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग सहकार्य गरेको हो ।
बैंकले सूर्य जनसेवा हेल्थकेयर प्रालि, सूर्यपूरा पोलिक्लिनिक, कर्नर प्वाइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालि, ई रिभल्भिङ इन्डियन क्विसाइन रेस्टुरेन्ट प्रालि र गंगाजमुना युनिसेक्स सलुन प्रालिसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार काठमाडौंको कोटेश्वरमा रहेको सूर्य जनसेवा हेल्थकेयरमा बैंकका सेवाग्राहीले विभिन्न सेवाअनुसार १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।
त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिकामा रहेको सूर्यपूरा पोलिक्लिनिकका विभिन्न सेवामा पनि सेवाग्राहीले ५ प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले यो पोलिक्लिनिकको ओपीडी शुल्कमा शतप्रतिशत छुट सम्झौता गरेको हो ।
बैंकका सेवाग्राहीले काठमाडौंको न्युरोडमा रहेको कर्नर प्वाइन्टमा १० तथा न्युरोडमै रहेको ई रिभल्भिङमा १० प्रतिशत छुट पाउनेछन् ।
सुनसरीको इटहरीमा रहेको सलुनसँग बैंकले सम्झौता गरेको छ, जसअनुसार कपाल काट्नेलगायतका सबै सेवामा सलुनले १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।
सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल