Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मापदण्ड बनाएर बैंकले उद्योगलाई ३ करोडसम्म कर्जा दिन मिल्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक उद्योगलाई आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म चालु पुँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । यसअघि यो व्यवस्थामा १ करोड मात्रै रहेको थियो ।

समग्र बैंकिङ्ग प्रणालीबाट १ करोडसम्म उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म चालु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन् । चालु पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनुपर्ने उल्लेख छ ।


सम्बन्धित समाचार