Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेताहरुले करोडको उपहार पाएभने राज्यको सम्पत्ति ३ दोब्बर तस्कर तथा माफीयाहरुलाई सुम्पन्छन् भन्ने कुरा भक्त्तपुर र काभ्रेको सिमानामा रहेको सागा महादेब स्थल र कमल जैनको हर्कतले छर्लङ जनाउछ । आफ्ना पिता र माताको मुर्तिलाई शिव पारवतीको रुप दिएर नेपालका हिन्दु धर्म प्रेमीहरुलाई पंगु बनाएका कमल जैन हिल टेक कम्पनीका प्रमुख हुन् ।
यीनले बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललाई रु १ करोडको गाडी उपहार दिएर आफूले कब्जा गरेको सार्वजनिक सम्पत्तिमा ( सागा महादेव स्थलमा ) आकाशे पुल निर्माण गर्न रु ४ करोड प्रदेश सरकार मार्फत उपलब्ध गराएपछि नेकपाको ओली पन्थको प्रवृत्तृ उदाङ्गो भएको हो । अरनीको राजमार्गको वरपर जैन मर्तिसम्म जाने पुल निर्माण गर्न जैनले कसरी राज्यलाई पकडमा लिए त्यसको छानबिन गर्ने निकाय नभएको अवस्थामा स्थानीय तह सूर्य बिनायक नगरपालीका बडा नं १० का अध्यक्ष शिवराम राउत र काभ्रे बनेपा नपा बडा नं १३ का अध्यक्षले समेत सार्वजानिक सम्पत्तिलाई आफ्नो कमाई थलो बनाउनुले तस्करहरुको बहुल्यता छर्लङ बनायो ।
आफ्ना बाबू आमाको मुर्ति तयार पारेर नेपालका हिन्दुहरुलाई धोगाउने कमल जैनले पूलको वरीपरी १३ रोपनी सार्वजानिक जमिन कब्जा गरि भाडा उठाएर लुटेका मात्र छैनन् ग्रीन हिल रिर्साेट चलाएर बेस्यावृति समेत चलाएको कुरा रिर्र्र्सोटको कोठा लिदा रु २४९९ लिने गरेको कुराले छर्लङ हुन्छ । धार्मिक सस्थामा हेरिटेज, रिर्सोट एण्ड एक्स्पा, वाइलडनेसको नाम दिएर मान्छे अनुसार पैसा असुल्ने हेल्थ व्युटी के पार्लर खडा गर्दा निग्रानी गर्ने स्थान कुन हो ? प्रश्न उठिरहेको छ ।
जहाँ महिला अधिकार आयोगको साइन बोर्ड राखेर लैगिङ्क हिंसा रोकौ भन्ने बोर्ड पनि छ । संसारमा १४३ फित अग्लो शिव पार्वतीको मुर्ति सागामा राखेर साकाहारी खानाको रु ५०० लिने कमल जैन कहाँका धर्मात्म हुन् । जसले मुलदानीको माटो चन्दन भनेर भक्तहरुलाई वितरण गरिरहेका छन् । त्यहाँ ल्याउने चन्दन तस्करी हुने गर्छ । यस्तो लुट नेपालमा कति छ ? काभ्रे र भक्तपुरको सिमानामा भएको यो लृुटमा छानबिन गर्ने राज्य छैन ।
किनकी जनप्रतिनिधीहरुलाई मासिक घुस खुवाएपछि साइकलको प्रति घण्टा रु २० गाडीको रु १०० लिए पनि कसैले वास्ता गर्दैनन् । पृथ्वी नारायणको गडी कब्जा गरेपछि जैनका बाबु आमा शिव पार्वती हुने त भए तर नेपालका हिन्दु धर्म पक्षधरहरुलाई आफ्ना बाबूआमाको पाउमा धोगाएर पापी कमल जैनले कति पाप बोक्ने हुन् त्यसको खोजीनिति अब हुनेछ ।
ताजा खबर साप्ताहिक र ताजा नेपाल अनलाइन न्युज पोर्टलले यसको खोजी गरिरहेको छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल