Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यहाँ जनताका छोराछोरी मुलुकको राष्ट्रपति भए भनेर नाक फुलाएर मात्रै भएन । उनीहरुको सवारीमा देखिएको राजशी छाँटकाँट जहानिया भनिएको राजतन्त्रको भन्दा कम हुँदैनथ्यो । तर मुलुकको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले त्यस्ता प्रवृत्तिको विस्तारै चिरफार गर्न थालेका छन् । राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार शारीरिक रूपले अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ बढ्न खोज्दै थिइन्। यो देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट तल ओर्लिन खोजे। त्यही बेला सुरक्षा अधिकारीले राष्ट्रपति त्यसरी मञ्चबाट ओर्लिन नमिल्ने संकेत गर्दै थिए। तर पौडेलले तल ओर्लेरै ती वृद्धालाई पदक दिए। उनीबाहेक शारीरिक रूपले अपांगता भएका अन्य व्यक्तिलाई पनि राष्ट्रपति पौडेलले मञ्चबाट ओर्लेर पदक दिएका थिए। समारोहमा एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री, १६ जनालाई सुकीर्तिमय राष्ट्रदीप, १६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, ३१६ जनालाई प्रबल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र २०५ जनालाई जनसेवाश्री दिइएको थियो। उक्त अवसरमा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७२८ जना व्यक्तित्वलाई मानपदवी दिइएको थियो। पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालालाई दिइएको नेपाल रत्न उनका परिवारिक सदस्य किरण कोइरालाले ग्रहण गरेका थिए। संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट उपाधि, सम्मान र विभूषण दिने उल्लेख छ। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल