Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बाल यौन दुरुपयोग मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहले सफाइ पाएका छन्। उच्च अदालतल पोखराले शाहलाई सफाइ दिएको हो। न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाइ दिएको हो। शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र आज रिहा हुने उनका कानुन व्यवसायी कमलमोहन बाग्लेले बताएका छन्। शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोग आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला सुनाएको थियो। फैसलाविरूद्ध सरकारी वकिल र शाह दुवैले उच्च अदालतमा पुनरावेदन दिएका थिए। एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा शाहविरूद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो। जिल्ला अदालत तनहुँले शाहलाई सफाइ दिएको थियो।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल