वास्तविकता बाहिरिएपछि धर्मरायो सरकार
काठमाडौं । कमिशनको मोलतोल मिले पनि वास्तविकता बाहिर आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको बताएको छ । नेपालले खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि क्षमता दिने कम्पनीले बताएको छ । मन्त्रालयका कर्मचारीहरुले ४ डलरको खोपलाई ६.०५ डलरमा खरिद गर्ने गरि टिप्पणी उठाउन नमान्दा उपप्रधानमन्त्री इश्वर पोख्रेलले हस्तक्षेप गरि आफै मतहातको सिसिएमसी मार्फत सेरम कम्पनिको नेपाली एजेण्ट हुकमलाई खोप ल्याउन स्वीकृति दिने तयारी गरिरहदा वास्तविकता बाहिर आएपछि सरकार खोप भित्र्याउन धर्मराएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार नेपालले खरिद गरेर आउन बाँकी १० लाख जोड आपूर्तिलाई प्राथमिकतामा राखेको जानकारी सेरमले दिएको छ । तर कम्पनीमा एकाएक आगलागी हुनुका साथै क्षमतामा विस्तारमा अवरोध भएको भन्दै कम्पनीले क्षमता विस्तार हुने वित्तिकै आपूर्ति गर्ने जानकारी गराएको बताइन्छ । थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई छैन । मन्त्रालयले यो वास्तविकता त्यस्तो बेला खोलेको छ जुन बेला कोभिडले पिडीत जनता अस्पतालमा बेडसम्म नपाउने अवस्थामा पुगेका छन् ।