Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विमानस्थलमा क्यानोमी बन्दै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक वायुसेवा निगम र हिमालय एयरका अन्तर्राष्ट्रिय उडान २८ सञ्चालन हुँदा सरदर दैनिक ४५÷४६ उडानमा १८ वटा विदेशी एयरलाइन्सले उडान गर्दछन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँदैछ, त्यो कार्यक्रमलाई लक्षितगर्दै २० लाख पर्यटक भिœयाउने भनिँदैछ । बेला बखत हुने सुन तस्करी प्रकरण र भरिया पक्राउ त्यसका व्यथा हुन्, यो पाटो सुरक्षा निकायको हो । त्रिभुवन एयरपोर्टको अलावा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल त्रिभुवन विमानस्थलका सपोर्ट बन्दैछन् । यही बेला नयाँ चेहरा स्वच्छ छविका विवादरहित पर्यटनमन्त्रीका रुपमा योगेश भट्टराई आएका छन् ।

मन्त्रीको ध्यान सुरक्षा व्यवस्थापन भन्सार चुस्त पार्दै त्रिभुवन विमानस्थलसँगै लुम्बिनी र पोखरातर्फ पनि बारम्बार जानु जरुरी छ । घुँडा टेकेको वायुसेवा कम्पनी कसरी सुध्रला, जहाँ भष्मासुरहरु धेरै छन् । उनले छानविन समिति त बनाए तर त्यो समितिको रिपोर्ट कार्यान्वयन हुन्छ हुँदैन शंकाको घेरामा छ । किनकि विगतमा पनि यस्ता थुप्रै समितिले बने, तिनको रिपोर्ट कार्यान्वयनमा भएनन् । प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विमानस्थललाई नेपालको कला संस्कृति झल्कने बुटिक एयरपोर्ट बनाउने रहर गरेअनुसार विमानस्थलको सुधार कार्यक्रमले व्यापकता पाएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री स्वीकार्छन् । यिनै क्षेत्रीले एयरपोर्टको सानो चरणबाट सुधारका काम थालेका हुन् । एक कर्मचारीले बताएअनुसार, महाप्रबन्धकले कामको शुरुआत सौचालय सफाईबाट गरेका थिए ।

नागरिक उड्डयन प्राधिकरणका बाहिरका एयरपोर्टमा रहँदा त्रिभुवन विमानस्थलमा पानी समेत खान हुन्न भन्ने हल्ला विदेशीले चलाएको सुन्नु पर्दा आङ्खनो कार्यकालको शुरुआत बाथरुम र स्वच्छ पानीबाट थालेको क्षेत्रीले पनि बताए । उनी आउँदा फोहोर संकलनको विवाद थियो । कतिले सटर भाडा समयमा तिरेका थिएनन्, यात्रुहरुलाई बस्न अन्तर्राष्ट्रिय र लोकल उडान प्रतिक्षालयमै समस्या थियो । अहिले मौसमअनुसारको सेन्टर एसी राखियो । डिपार्चरमा पंखा सञ्चालनमा थिएनन् । त्यस्ता समस्या सबै समाधान भए । स्व. मन्त्री अधिकारी बारम्बार एयरपोर्टको चासो लिन्थे मौका मिल्दा आफैं पुग्थे । उनको चासो एयरपोर्ट काठमाडौंमा जस्तै पोखरा र लुम्बिनीमा पनि रहेको कर्मचारीहरु बताउँछन् । निजगढ विमानस्थल त छँदैछ त्यहाँको प्राविधिक पाटो बाँकी छ, देशको आवश्यकता त्यहाँ छ ।

अतिथि देवो भव
नेपालीले पाहुनाको सत्कार गर्ने शब्द अंकित ब्यानर गैंडाका मूर्ति, राष्ट्रिय चराको चित्र संयोजन मात्र होइन तामाको गाग्री र ताउलामा पानी भरेर फूलले सिंगार्ने काममा यिनै महाप्रबन्धक राजकुमार क्षेत्रीको ध्यान गएको हो । एयरपोर्टलाई सुधार्न दुवैतर्फ (डोमेस्टिक, अन्तर्राष्ट्रिय) कनभेयर बेल्डको व्यवस्था तीन महिनाभित्र हुँदैछ । दुवैतर्फ यात्रु प्रतिक्षालय थपिँदैछ । अहिले रन वेको काम सकिएको छ, विमानस्थल सुधार आयोजनाको रेखदेखमा त्यो काम भएको हो । त्यसको कमाण्ड प्रदीप अधिकारीले गरेका छन् । विवादमा आउने सटर भाडा नँया सिस्टममा चलेका छन् । जसले विवाद गर्दै अदालत गए तिनले पनि भाडा तिरेका छन् । अन्तर्राष्ट्रिय टर्मिनल डेकोरेशन (वर्षादबाट जोगिन) क्यानोभी बन्दैछ, कनभेयर बेल्ड थपिँदैछ । अहिले ४ वटा कनभेयर छन् ।

आगमी सेप्टेम्बर १ बाट डिसेम्बर ३१ सम्म राति ११ः३० बाट बिहान ६ः३० सम्म ट्याक्सी वे लिङ्क रोड रनवे सेन्टर लाइन थपिँदैछ । यातायात व्यवस्थामा सुधार भयो महाप्रबन्धक क्षेत्री भने आफू सानो कामबाट सुधार शुरु गरेकाले त्रिभुवन विमानस्थलमा पर्यटन वर्ष २०२० जनवरीसम्म सबै काम सक्ने कुरामा ढुक्क छन् । उनी थप्छन्, प्रधानमन्त्रीको योजना र अपेक्षाको बुटिक एयरपोर्टको त्यो समयमा पहिचान हुन्छ जुन समयमा सुधारका सबै काम सम्पन्न हुन्छन् । त्यसका लागि विभागीय मन्त्रालय नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका जिम्मेवार पक्ष एकजुट छन् । तर त्यहाँ राजतन्त्रको अन्त्य भएको १३ वर्ष पूरा हुँदासमेत रोयल नेपाल गल्फ क्लब नाउँको बोर्ड कसैले हटाउने साहस देखाएको छैन । यसले देशमा गणतन्त्र आयो, देश संघीयतामा गएको छ भने पनि रोयल शब्द प्रेमी चिन्तन राख्ने चरित्रका धतुराहरुको सेखी झरेको छैन । सरकार पनि रोयलवादी भएको झल्काउँछ ।


सम्बन्धित समाचार