Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शितल निवासमा कस्ता भित्र्याइए ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको लागि पनि पार्टीका त्यागी निष्ठावान इमान्दार भन्दा विदेशी दलाल देशको भन्दा परको भक्त वन्न रुचाउने, पार्टी भन्दा ठूला परमभक्त प्रति मोह जागेको छ । पौडेलका महामानव स्व विपी कोइरालालाई फाँसीको सजाए दिन राजालाई सिफारिस गरेर सत्ता बचाउन सफल पंचायतका जड सूर्यवहादुर थापाका पूत्र सुनिल थापालाई राजनीति सल्लाहकार छनौट गरे पछि राष्ट्रपति पौडेलको धरातल देखिएको हो । वावुराम कुंवर चिरन्जीवी नेपाल सुरेन्द्र चालिसे अर्का पात्र हुन् ।
अहिले रामचन्द्रले राजनीति, आर्थिक, कुटनीतिक, कानूनी, मात्र होईन संचार सल्लाहकारहरुको ताती लगाएका छन । संचारमा किरण पोख्रेल खिला कार्की छन् । मुलुकको आर्थिक अवस्था देशको स्थिती जनताको धरातल समेत नवुझेर नेताहरु स्वार्थमा केन्द्रीत छन । पूर्व राष्ट्रपति डा. रामवरण यादव पनि देशको राष्ट्रपति थिएनन । विद्या भण्डारीवाट त्यो आश थिएन । उनको व्यवहार त्यस्तै भयो । जनताले निरंकुश व्यवस्थाको राजाको सवारीमा जस्तो पिडा भोगे डा. रामवरण र विद्याका सवारीमा त्यस्तै पिडा भोगे । रामचन्द्रले शुरुवाती राम्रै गर्दैछन । उनले सुनिल थापाको नियुक्तिमा ख्याल गरेनन थापाको काँग्रेसमा कुनै योगदान नभएको पौडेललाई थाहा छ । पटक पटक लाभको पद लिएका वावुराम कुंवर आइजीपी वशन्त कुवरका नाताले दाइ हुन । उनी सस्थापन विरोधी हुन । शेरवहादुर देउवावाट वक्सीस पाएका सहमहामन्त्री पद पनि थापाले भजाए पनि धनकुटा वासीले पत्याएनन् । काँग्रेसको नेतृत्वले राम्रो मानेपनि कार्यकर्ताले जसरी मान्थे त्यो अवस्था पछिल्ला दिनमा थिएन । गृह जिल्लामै पार्टीका ठूला नेता भएर पनि सर्व स्वीकार्य वन्न नसकेका रामचन्द्रले सल्लाहकार वनाएका जस्ता त्यहाँ थिए । गोविन्द राज जोशीलाई उनले जसरी खेदे त्यसको सजाँए ०७४ सालमा क्षेत्र नं १ ले चुनावी पराजय पनि भोगेकै हुन ।
यस पटक पौडेललाई सत्ता गठवन्धनवाट निर्वाचीत भएर राष्ट्रपति वन्ने शौभाग्य दिलाउने काम माओवादी केन्द्रले गरेको हो । तर उनले माओवादीहरु प्रति पूर्वाग्रही र दुष्ट चरित्र देखाउन थालेका छन । सल्लाहकारको भिडमा काँग्रेसको नाम जाडिएका तर विदेशीको सेवकहरुलाई चुनेका छन । पूर्वराष्ट्रपति डा. रामवरण यादव अझै पनि बदनाम छन । राज्यवाट धुत्ने उनको प्रवृत्तिले धेरैलाई आक्रोश बढाएको छ । वरु एमालेकी विद्या भण्डारीले घरभाडा मासीक भत्ता नलिने घोषणा गरेर कार्यकाल भर केपी ओलीको इच्छा अनुसारका काम गरे पनि इज्जत थपिन । तर रामवरण अझै पाउने र लिन मिल्ने जति सवै सोहोर्दै छ । काँग्रेसहरु चरित्रमा दुष्ट र स्वभावमा अहंकारी हुन्छन । त्यो गुण रामचन्द्रमा पनि छ । राजनीतिका असफल पात्र पौडेलको काँध थापेका उत्तराधिकारी गोविन्द भट्टराईलाई तनँहुकै काँग्रेसले मतदान गर्न हात कमाउने लक्षण छ । किनकी तनँहुका युवाहरुलाई रामचन्द्र प्रति आश भरोसा छैन । किनकी उनले जिल्लावासी प्रदेशवासीलाई कुनै पदमा ल्याएनन । वरु भारतीय गुप्तचर रअका निकटहरु सितल निवासमा भित्र्याएर लक्षण देखाई सके ।