Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जनताको सरोकार भन्दा नेताको सत्ता स्वार्थले प्राथमिकता पाएको सत्ता गठबन्धन पहिलो भत्क्यो दास्रोमा १२ सांसद भएको पार्टी जसपाले उपराष्ट्रपति पदलाई वटमलाईन बनाएर ३ मन्त्रालय खोजेर विकृतिले ग्रस्त संसदीय चरित्रको प्रदर्शन गर्दैछ । देशमा २२ मन्त्रालय छन् । २२ मन्त्री सहित ३ राज्यमन्त्री गरी २५ भन्दा वढाउन संविधानले दिदैन । तर जसपा ३ नेकपा समाजवादी ३ लोसपा र जनमत १,१ मन्त्रालय दिलाउँदा आठ मन्त्रालय ४ पार्टीका नाममा गएपछि काँग्रेसमा चुनाव लगत्तै डा. आरजुलाई पेश्की घुस खुवाएकाहरुले रोजेको मन्त्रालय कसरी पाउँछन ? कतिलाई ठूलो बजेट भएको मन्त्रालय चाहिएको छ । काम गर्नका लागि शुशासन दिने हो भने मन्त्रालय ठूलो सानो भनेर हुदैन । जुनसुकै मन्त्रालय जनतासँग जाडिएका छन् । सदभाव संस्कार र सुशासन दिने हो भने खानेपानी र महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय भए पुग्छ ।
लुटनका लागि मन्त्री हुने ठूलो वजेट भएको मन्त्रालय रोज्ने हो भने राजनीतिले निष्ठाको वाटो लिदैन । जव गठबन्धन फेरिन्छ र ठूलो मन्त्रालय ठूलो बजेट भएको खोजिन्छ भने त्यसले काम जनताको गर्दैन । यस पटक सडक विभागका डिइ र सुईहरुको सरुवामा पैसा खर्च गर्न तयार भएको खन्चुवा टोली दंग पर्यो । जसको पैसा विकेन ठाउँ पनि राम्रै लियो उ खुसी छ जो ठूलो लगानी गर्न चाहदैनथ्यो त्यो पनि यस पटक पैसा नविक्दा खुसी नै भयो । शुशासन प्रमुख कुरा हो । त्यो शुशासनलाई स्थायित्व दिनुपर्छ । तर जसपा जस्तो सत्ता प्रधान मुद्धा साहायक वनाउने पार्टीले कसरी शुशासन दिन्छ ? जसपाका उपेन्द्र यादवलाई ५ वर्ष संसद वाहिर टिक्न कठिन भयो । यसको लक्षण देखियो । नारायणकाजी श्रेष्ठ राष्ट्रियसभाको निर्वाचनमा सहभागी भए चुनाव जिते । तर एमालेका वामदेव गौतम केपी ओलीसँग सिंगौरी खेलेर सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा मनोनीत सांसद भएका छन् । तर उपेन्द्र यादव राम सयस यादवलाई उप राष्ट्रपति वनाएर आफू उनको क्षेत्र बारावाट चुनाव लडने तयारीमा छन् । संसदीय राजनीतिमा विकृतिको जड उपेन्द्र बन्दैछन् । यादवलाई माओवादीले सघाउला तर काँग्रेस एमालेले सघाउदैनन् । मधेसमा मधेसीको समस्या हल गर्नु सट्टा बल्झाएर त्यसैमा रमाउने उपेन्द्रको अवस्था स्वार्थसंग जोडिएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल