Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति खुकुलो आउने हल्ला भएपछि साताको पहिलो दिन आइतबार ह्वात्तै बढेको शेयर बजार त्यसपछि निरन्तर ओरालो झरिरहेको छ ।
गत सोमबारदेखि लगातार घटिरहेको बजार आज साताको अन्तिम दिन पनि २९.७१ अंकले तल झरेको छ । १.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१२६.४८ अंकमा आइपुगेको हो ।
आज २७१ कम्पनीका ६२ लाख ७१ हजार ७ सय ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५ सय ६४.१० रुपियाँ बराबरको कारोबार भएको हो ।
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लगानीकर्ताहरुले ७.३९ प्रतिशतले नाफा कमाउँदा किसान लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ८.६८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ५७ लाख ५९ हजार ९ सय ६६ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ६३.२४ अंकले बढ्दा ४ अर्ब ३७ करोड ५१ लख ९६ हजार २ सय ३२.८० रुपियाँ, सोमबार २६.६६ अंकले बजार घट्दा ४ अर्ब ७२ करोड ७६ लाख ८ हजार ८ सय १०.४४ रुपियाँ, मंगलबार ३६.१९ अंकले बजार घट्दा २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४ सय १८.७१ रुपियाँ र हिजो बुधबार ८.११ अंकले बजार घट्दा २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७ सय ६९.५७ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल