Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ३.६१ अंकको गिरावट, कारोबार रकम २ अर्ब ९ करोड

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.६१ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७७.२४ अंकमा ओर्लिएको छ ।
आज २७९ कम्पनी ५४ लाख १७ हजार ९ सय २८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६ सय ३८.३० रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटेको दिन आज थ्री स्टा हाइड्रो र सुपर स्याङ्गे हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९८ र ९.९७ प्रतिशतले नाफा कमाएका छन् । यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज आईएमई लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड २४ लाख ४१ ह्जार ९ सय ४९.६० रुपियाँ बराबरको किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो १४.८१ अंकले बजार बढ्दा ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५ सय १२.२६ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार