Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आफ्नै शासनकालबाट शुरु भएको नक्कली भुटानी शरणार्थीको जालो पन्छाउँदै जाँदा अहिले ठूला दलका शीर्ष नेता समेत शंकाको भूमरिमा परेका छन् । ठूला दलका नेता वरपर अपराधको सञ्जाल देखिए पनि सोझै उनीहरू संलग्न भन्ने आधार प्रहरीले फेला पारे पनि त्यतातिर धावा बोल्ने हिम्मत गरेको छैन । यही बेला पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा निकै लामो बहस गरे । उनले त्यो बहसमा पटक पटक निर्दोषलाई फसाउने षड्यन्त्र भएको र दोषीलाई उम्कन जालझेल गरेको भनिरहँदा ती निर्दोष को हुन् ? भुटानी शरणार्थी प्रकरणले नेपालका वैदेशीक सम्बन्धमा समेत प्रश्न उठ्यो । यसका परिकल्पनाकार तत्कालीन प्रधानमन्त्रीको नियत राम्रै होला तर उनले माओवादीबाट गएका दुई घृणित पात्रलाई सुनकै टुक्रा ठानेर प्रचण्डको विरोध गरे । ओली भन्छन १०७४ जना शरणार्थीमध्ये ९७५ सँग पैसा उठाउने र पचाउने काम तत्कालिन गठबन्धनको गृहमन्त्रीबाट भएको हो । उनका अनुसार १ लाख १३ हजार ३ सय ७ जना विभिन्न देशमा गइसके वाँकी ६ हजार ७ सय ५५ मध्ये ४२९ को परिचयपत्र बन्यो वाँकी ९९ जनाको कार्ड बन्नुछ । यो काण्डको शुरुवात जसले गरायो उसैको समयमा गतगर्ष जेठमा पक्राउ परेकाहरूलाई किन छोडियो ? यो केश जबर्जस्त उठेको हो वर्तमान सरकारले जस लिन खोजेर हुँदैन् । ओलीको सत्ता स्वार्थ ओम्नि, हुकाम, थामसेर्कू, वतासकै सेवा हो । राजनीति समाजसेवा होईन व्यापार हो भन्ने वनाउने ओलीहरू नेपाली समाजमा धेरै भए । ३३ किलो सुनमा वामदेव जोडिएपछि छानविन रोकियो । हिजो सुन शर्मा सुनबहादुर खड्का भनेर जो जसरी लोकप्रिय थिए । तीनले राजनीतिक सत्ता र शक्तिको आड नै तस्करीमा प्राथमिकता पाएका हुन् ।
अहिले प्रचण्ड सरकार ढाल्ने काँग्रेसका बाख्रेकाजी रास्वपाका रवि र डा. स्वर्णिम राप्रपाका राजेन्द्र र एमालेका अध्यक्ष केपी कै अग्रसरता थियो । काँग्रेसमा गगनका कुरा विक्न छाडेका छन् । तीनको वोली र व्यवहारमा रूपान्तरण भएन् । मंहगीको चरमता छ । नेता रुघाखोकी लाग्दा राज्यश्रोत लुटेर विदेश जान्छ जनताको दैनिकी उस्तै छ । भ्रष्ट वचाउन नेतृत्व सकृय छ । भ्रष्टाचारी वहिष्कारका पात्र वन्नमा प्रतिस्पर्धा गर्दैछन् । लुटनकै लागि राजनीति गरेका अहिलेको पुस्ताबाट परिवर्तन सम्भव छैन् ।
लुटाहा पुस्ताको कमाउने धन्दा
रूपान्तरण कहाँ छ ? लुट्ने वाहेक लोकतन्त्रले कस्तो विकास गरेछ । देशकै वदनाम गर्न नेतृत्व सफल छ । वाईडवढी, आयल निगमको जग्गा, एनसेलको ३९ अर्व, ओम्नि, हुकाम, वतास, थामसेर्कू, नेपाल ट्रष्टको जमीन भाडा, टीवगानको जमीन फूकुवा काण्डको नायकले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने जुन साहस ग¥यो त्यो नै लोकतन्त्र भएको छ । यहाँ डा. आरजु, मन्जु र बालकृष्णको कुरा होइन् । शरणार्थी प्रकरणमा निष्पक्षता हो भन्ने सार्वजनिक रूपमा नाम जोडिएका प्रेम राई र महेस्वर न्यौपाने पनि भागीदारका पात्र बन्दैछन् ।
दलहरूलाई जनता सर्वोपरी लागेन । वरु संगठित अपराधमा ध्यान गयो । पैसो कति र किन चाहियो ? राजनीति समाज सेवा होकि व्यापार हो ? पैसा कमाउने राज्यलाई दोहन गर्ने विनोद चौधरी छदैनन् उमेश श्रेष्ठ र डा. आरजु राणाको शैक्षिक क्षेत्रको ठगी देखिएकै छ । लोकतान्त्रिक देशमा गणतन्त्रका राजाहरू बढेकै छन् । राष्ट्रिय ध्वजा वाहक कम्पनी वायु सेवा निगम सूधार्न सुदन किराँतीले पाएको सफलताले हिजोका योगेश भट्टराई र भानुभक्तको २५ प्रतिशत शेयर हिमालयनलाई दिने भित्री योजनाको पर्दाफाँस भएकै छ ।
संगठीत अपराधमा धन्न नेपाल प्रहरी जोडिएन् । ३३ किलो सुन प्रकरणमा जोडिएका दिवेश लोहनीहरूले सफाई पाए । प्रहरीले प्रहरी जोगाएर रमाइलै गर्छ । राजनीतिलाई कमाइको थलो बनाउने एमालेका वा अस्थिरताका जड हुन भन्ने कुरा उनले प्रचण्ड सरकारबाट राप्रपालाई हटाउनु नागरिकता नक्कली प्रयोग गर्ने प्रायोजीत सञ्चार कर्म चलाउने १२ भाइका शत्रु रवि लामिछानेलाई भड्काएकै छन् । शरणार्थी काण्डमा एमालेका उपाध्यक्ष र सचिव जोडिएका थिएनन भने केपीले आगो वाल्थे । उनकै पिए राजेश वज्राचार्य देखि अजय क्रान्ति श्रेष्ठसम्म जाडिएको शरणार्थी काण्डबाट वालकोट अछुतो छैन् ।
देउवा र केपीको कमाण्ड
अरुलाई हेप्न त गर्व लाग्छ । केपी ओलीको देशभक्त चरित्रले चियाबगानको हिस्सा नेपाल ट्रष्टको हिस्सा अवश्य लियो होला । ‘बा’ भन्नेले मुलुक लुट्दा कारबाही भएन । केपीले भ्रष्टाचार विरुद्ध लागेको सरकार हटाए हुन्छ । सेक्युरिटी प्रेसमा कर्मचारी परे ओलीका चेला परेनन् । कतै ठाउँ नपाएर आफू बदनाम भएपछि प्रचण्डलाई चोखो नराख्न उनी लडाकू शिविरको भ्रष्टाचार भन्दैछन् । छानविन गरे भयो त अख्तियारमा एमालेकै सेटिङबाटै प्रेम राई लगिएका हुन् । संवैधानिक नियुक्तिमा सरिक भएकासँग ओलीको टीमले पैसा लिएको आरोप लागेकै छ । अर्का लाई भन्दा आँफू स्वच्छ र निष्कलंक बन्न पर्छ कि पर्दैन् । उखाने ‘बा’ लाई शिक्षा दिने मास्टर भएन् । तर अहिले एमालेका अध्यक्ष थचक्कै भएका छन् । उनले सरकारलाई असहयोयग गरेर संवैधानिक क्षेत्रमा समस्या ल्याउँदै थिए । परिषद्मा सरकार पक्ष पूरै अल्पमतमा छ । विपक्षी नेता केपी संसदको सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष पनि एमाले भएका बेला त्यो परिषदले कस्ता मान्छे नियुक्ति गर्ला अदालतमा कस्ता न्यायमूर्ती पठाउला त्यो देखियो । एमाले बनेर जाने कोही चोखो भएन । कोलोकोटे र न्यायधिसबीचको लेनदेन काण्ड काठमाण्डौ जिल्लाबाट आएकै छ ।
यस्ता पौरखी नेता भएको देशमा जतिसुकै अपराध गरे पनि एमाले र काँग्रेसलाई कारवाही गर्नै हुन्न । किनकी एमाले र नेका ०४८ देखि निरन्तर देश लुटने परिवर्तनकारी शक्ति हुन् । निरंकुश राजाले नचाएका बेला सेनाको बलमा नाचेका शेरबहादुर र केपी ओली लोकतन्त्र र गणतन्त्रका खन्चुवा पात्र बन्न पुगे । जसले नेपालीलाई नेपाल भित्रै ठगेर भुटानी शरणार्थी करार गर्दै किलोमा जोखेर पैसा लिदै अमेरिकासम्म पु¥याए । देशको बदनाम गर्ने यी दूई पात्र ठूला विवेकहिन सिद्धान्त हिन भए पनि लुटाहा पार्टीका कमाण्डर भएका छन् । शरणार्थी काण्ड गुपचुप भए बन्दै मुद्दा फितलो भए यीनकै कारण हुन्छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल