Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको उर्दी बसन्तपूरमा सलल

काठमाडौं । भन्नाका लागि कम्युनिष्ट पार्टीको बहुमतका सरकारका प्रधानमन्त्रीको रबाफ उखान तुक्का र गुटबन्दीमा केन्द्रीत छ भन्दा हुन्छ । तर सरकारको इज्जत भने छैन । सरकारी प्रसाशनले कोरोन कहरको समयमा लगाएको लकडाउनमा पनि जनताले टेरेनन् । सरकारले जनतालाई सेवा र सुविधा दिएको हुन्थ्यो भने जनताले पत्याउथे । तर बर्तमान सरकार कम्युनिष्टको नाममा लुटतन्त्र मच्चाउन सफल भएको कारण सरकारका आदेशहरु कहि कार्यन्वयन हुदैनन् । पञ्चायत कालको प्रधान पञ्चले जारी गरेको उर्धी जनताले मान्थे किनभने उसले जनतालाई अहिलेको जस्तो विकासको लहर दिन नसकेपनि जनताप्रतिको उत्तर दायित्व इमान्दार पूर्वक पूरा गथ्र्याे । तर अहिले सरकार प्रमुखको गलत अहंकारका कारण राज्यले जारी गरेको निषेधाज्ञा समेत तोद्ने गरिएको छ । कोरोना फैलन नदिन रङहरुको पर्व फागू पूर्णिमा आइतबार नेपालको पहाडी जिल्लामा आपसमा रङ खेलेर मनाइएको छ । तर सरकारले भिडभाड नगर्न अग्रह गर्यो भिड गर्ने लाई पक्रने सुचना गृहबाट जारी गरायो सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा होली पर्व मनाउन आदेश दियो । तर काठमाण्डौका जनता बसन्तपुर क्षेत्रमा होली खेल्न जम्मा भएका छन् । हरेक वर्ष बसन्तपुरमा ठूलो समूहमा भेला भएर मानिसहरुले होली मनाउँछन् । तर यस वर्ष सरकारले कोरोना संक्रमणको जोखिम रहेकाले घरभित्रै होली खेल्न र सार्वजनिक ठाउँमा समूहमा होली नखेल्न आग्रह गरेको थियो। तर युवाहरु ठूलो संख्यामा बसन्तपुर पुगेर आपसमा रङ दल्ने र खुशियाली मनाउने गरिरहेका छन् । आइतबार विहान १० बजेपछि मानिसहरु बसन्तपुर क्षेत्रमा जम्मा भए । सुरुमा सानो समूह भएकाले प्रहरीले उनीहरुलाई भेला हुन र रङ खेल्न रोकेको थियो । तर पछि ठूलो समूह जम्मा भएपछि प्रहरीलाई पनि रोक्न कठिन भएको छ । गृहको आदेश कार्यन्वयन गराउन प्रहरीले त्यहाँ की लाठी चार्ज नै गर्नु पथ्र्याे नत्र होलीका रमितेहरुलाई सम्झाउन सक्ने अवस्था देखिएन । सरकार बोली सके पछि जनताले विश्वास गर्ने गरि अगाडि बढेको भए पञ्चायतको प्रधानको जति इज्जत रहन्थ्यो ।