Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफ्नो दुई तिहाई बहुमतलाई भड्खालोमा हालेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार टिकाउने टेको खोज्दै हिँडेका छन् । उनले रोजेको टेको जनता समाजवादी पार्टीले सरकारको नेतृत्व दाबी गरेको छ । आफूहरु सधै सरकारलाई समर्थन गर्ने दल मात्र नभएको भन्दै जसपाले सरकारको नेतृत्व दाबी गरेको हो । जसपाका नेता राजकिशोर यादवले आफूहरु सरकारको नेतृत्वको जिम्मेवारी लिन पनि तयार रहेको बताए । हामी सधै समर्थक मात्रै नभएर नेतृत्व पनि गर्छौं, यादवले भनेका छन् । पूर्वमन्त्री समेत रहेका यादवले आफूहरुको प्राथमिकतामा संविधान संशोधन, रेशम चौधरीसहित थारु आन्दोलनका क्रममा जेलमा रहेकाको मुद्दा फिर्ता र रिहाई रहेको स्पष्ट पारे । पछिल्लो समय नयाँ समिकरणको गृहकार्य भइहँदा जसपा निर्णायक शक्ति भएको छ । जसपाले सरकारको नेतृत्वको दाबी गर्न थालेको छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल